क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले यस वर्षको अन्तराष्ट्रिय सञ्चार सेवा पुरस्कार प्राप्त गर्ने

२० फाल्गुन २०७९, शनिबार
क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले यस वर्षको अन्तराष्ट्रिय सञ्चार सेवा पुरस्कार प्राप्त गर्ने भएको छ ।
एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएशन क्यालिफोर्निया अमेरिकाले नेपाली पत्रकार महिलाको संस्था क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)लाई ‘अन्तरष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३’ दिन लागेको हो ।
एनआरएनए क्यालिफोर्नियाको गत २५ फेब्रअरीमा बसेको सचिवालय बैठकले नेपालमा क्रियाशिल पत्रकारहरुका विभिन्न १० वटा संस्थालाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । एनआरएनए क्यालिफोर्नियाका अध्यक्ष माधव मरासिनी र महासचिव दिपेश लामाद्धारा जारी विज्ञप्तीमा विभिन्न १० वटा संस्थालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

Leave a Reply