गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेसका युवा नेता प्रकाश बराललाई पितृशोक

२७ फाल्गुन २०७९, शनिबार

पोखरा । गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेसका युवा नेता प्रकाश बराललाई पितृशोक परेको छ । उनका पिता एवं समाजसेवी लोकराज बराललको शुक्रबार साँझ निधन भएको हो ।

बराल केही महिना अघि सवारी दुर्घटनामा परेका थिए । मणिपाल शिक्षण अस्पतालमा अपरेशनपछि घरमै आराम गरिरहेका बरालको ८२ वर्षको उमेरमा आज साँझ ५ः३० बजे निधन भएको हो ।

बरालका दुईमध्ये एक श्रीमतीको यसअघि नै निधन भइसकेको छ । उनका पाँच छोरा र तीन छोरी छन् । सांसद प्रकाश उनका साइला छोरा हुन् ।

स्व. बरालको शनिबार बिहान ९ बजे निवासबाट शवयात्रासहित पोखरा-९ स्थित सेती नदीको रामघाटमा अन्तिम संस्कार गरिने नेपाली कांग्रेस पोखरा-२२ का सचिव खुशीराम बरालले जानकारी दिए ।

Leave a Reply