संगममा कानुनी सचेतना

२९ फाल्गुन २०७९, सोमबार

पोखरा । संगम सहकारी पोखरा १५ ले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कानुनी सचेतना कार्यक्रम गरेको छ । स्यानीपाटनको सामुदायिक भवनमा महिलाहरुलाई लक्षित गरि बिस्तारित मंच सहितको कार्यक्रम आयोजना गरिएको हो । महिला उपसमितिको आयोजनामा भएको कार्यक्रममा प्रमुख वक्ता संस्थाका कानुनी सल्लाहकार समेत रहनु भएका उच्च अदालत वार एसोसिएसन पोखराका पुर्व अध्यक्ष अधिवक्ता दयाराम गौतमले नेपालको कानुनले महिला र पुरुषमा विभेद नगरेको बताए । आमाको नाम बाट पनि नागरिकता निकाल्न मिल्छ , उनले भने । कुनै पनि घटनाको उजुरी दिने हदम्याद बारे जानकारी नहुदा कतिपय पीडितले न्याय पाउन नसकेको तर्फ पनि उनले इंगित गरे । सहकारीका संरक्षक निरज थापाले महिला सचेत र सम्मानित हुने घरमा खुसियाली छाउने र प्रगति हुने बताउदै सबैलाई शुभकामना दिए । अध्यक्ष नब राज तिवारीले राज्यको महत्त्वपूर्ण अंगहरुमा महिलाको पहुँच पुगेको देशमा सक्षम महिलाले स्थान पाउन गार्हो नहुने बताए । स्यानीपाटन टोल बिकास संस्थाका अध्यक्ष दिपक कार्कीले आफ्नो टोलमा आएर टोलबासी दिदिबहिनीहरुलाई प्रशिक्षित गराएकोमा सहकारीलाई धन्यवाद दिए । महिला उपसमिति सदस्य दिलमाया केसी (थापा ) ले कविता वाचन गर्दै सहकारी बाट ऋण लिएरै भए पनि केहि ब्यवसाय गरौं , आफ्नै पहिचान दिउँ भन्ने भाव प्रकट गरिन । सुपरभाइजर विकल्प कुँवरले मासिक बचत र संरक्षित पूंजी फिर्ता कोषको महत्त्व बारे बताउदै संस्थागत प्रस्तुति राखिन । आठ जना नयाँ महिला सदस्यलाई स्वागत र सदस्य बनाउन पहल गर्ने सरस्वती अधिकारीलाई सम्मान गरिएको सो कार्यक्रममा बिष्णु कुमारी थापा , शुसिला थापा लगायतले बोलेका थिए ।

Leave a Reply