महिलालाई उत्पादनसँग जोड्नसके लैङ्गिक हिसां कम हुने : उपसभामुख थापा

0
144

पोखरा ।गण्डकी प्रदेशका उपसभामुख विना कुमारी थापाले महिलाहरुलाई उत्पादनसँग जोड्न सके लैङ्गिक हिसांका घटनामा कमी आउने बताईन । सोमबार पोखरामा लैङ्गिक हिंसा विरुद्ध पुरुषहरुको ऐक्यबद्धता महिलापुरुष सचेतता कार्यक्रममा बोल्दै उपसभामुख थापाले आर्थिक रुपमा कमजोर हँदा महिलाहरु बढि हिंसामा पर्नेे गरेको उनको भनाई छ । उनले भनिन् “हामी आर्थिक कारणले पनि महिला हिसांका घटना बढी हुने गरेको पाएका छौं । तसर्थ पनि महिलाहरुलाई उत्पादनसंग जोड्न जरुरी छ ।”

महिला हिसां न्युनीकरण गर्न पुरुषहरुको दायित्व भएको बताउँदै उनले महिलाहरुलाई आत्मनिर्भर बनाउने कुरामा पुरुषहरुको ठूलो भूमिका रहने बताईन ।

उपसभामुख थापाले लिङ्गको आधारमा गरिने हिसांलाई न्युनिकरण गर्न आफुले कानून बनाउन पहल गर्ने बताइन । “गण्डकी प्रदेश सभाले यो भन्दा अघिपनि केही यस्ता ऐन, नीतिहरुको बीचमा छलफल गरेर काम गरिरहेको छ ।” उनले भनिन्, “हामी नीति नियम बनाउने ठलोमा भएका कारण यस्लाई कसरी समावेशी र समानुपातिक खालका नीति नियमहरु बनाउन सकिन्छ भनेर अध्यन र छलफल गरी रहेका छौं । “

पोखरा २५ का वडा अध्यक्ष मोतीलाल तिम्सीनाले लैङ्गिक हिंसा न्युनिकरण गर्न समाजमा जनचेतना फैलाउनु पर्ने बताए । महिलाहरु कमजोर हुँदा बढी हिसां हुने गरेको बताउँदै सामाजिक , आर्थिक रुपमा शशक्त हुन जरुरी रहेको उनको भनाई छ । “कानूनी राज्यमा छ । कोही कसैसँग डराउनु पर्ने अवस्था छैन ।” उनले भने, “महिलाहरु दविएर बस्न भएन । शशक्त भएर अगाडि बढ्नु पर्यो । आफै सक्षम हुनु पर्यो ।’

वडा सचिव सुवोध खनालले ३० प्रतिशात महिला हिसांमा परेको बताउदै त्यसलाई अन्त्य गर्न न सकिने अवस्था रहेको तर न्युनिकरण गर्न सबै एकजुट हुनुपर्ने मा जोडदिए । उनले पछिल्लो समय जेष्ठ नागरिक हिसांको सिकार हुँदै गएको बताए । उनले भने “हिजो आज बढी जेष्ठ नागरिक हिसांमा परेका छ्न । उनीहरुलाई पाल्ने कुरालाई लिएर हिसां बढेको छ ।”

कार्यक्रममा महिला संजाल हेम्जाकी अध्यक्ष रामा त्रिपाठी , वडा सदस्य धन कुमारी पोखरेल तिम्सीना लगायतले लैङ्गिक हिसां कमी गर्न पुरुषहरु नै सचेत हुनु पर्नेमा जोड दिए । पछिल्लो समय सामाजिक सन्जालको माध्यमबाट पनि हिसां हुने गरेको बताउदै सन्जाल प्रयोग कर्ताहरुलाई सचेत हुन आग्रह गरे ।

पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको समन्वयमा पोखरा २५ वडा कार्यालय हेम्जाले आयोजना गरेको तालिमको शहजीकरण अधिवक्ता एवं नेपाल पत्रकार महासघंका केन्द्रीय सदस्य सरिता तिम्सीना पंगेनीले गरेकी थिइन ।