सिद्धार्थ तमु(गुरुङ )समाजमा उद्घाेषण कला तालिम

१ चैत्र २०७९, बुधबार
कास्की ।सिद्धार्थ तमु (गुरुङ )समाजले आयोजना गरेको तीन दिने उद्घाेषण कला तालिम मंगलबार पाेखरामा सम्पन्न भएको छ।
तालिम समापन कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थ तमु समाजका निवर्तमान अध्यक्ष गेस बहादुर गुरुङले नेतृत्व बिकासका लागि उद्घाेषण तालिम महत्त्वपूर्ण रहेको बताउनुभयो ।तालिम प्रभाकारी हुनका लागि सिक्ने र सिकाउने दुवै पक्षकाे भुमिका रहने जानकारी गराउँदै उहाँले तालिम उपलब्धिमुलक रहेकाे प्रतिक्रिया दिनुभयो ।
समाजका सदस्यहरुकाे नेतृत्व बिकास गर्ने उदेश्यले तालिमको आयोजना गरिएको सिद्धार्थ तमु समाजका अध्यक्ष सुवेदार केयर सिंह गुरुङले जानकारी दिनुभयो । उहाँले सिद्धार्थ तमु समाजले सदस्यहरुका लागि अवलोकन भ्रमण ,तमु संस्कृतिकाे संरक्षण र तमु समुदायको शसक्तिकरणका क्षेत्रमा काम गर्दै आएकाे जानकारी दिनुभयो ।
कार्यक्रममा बाेल्दै तमु धी नेपालका प्रथम उपाध्यक्ष गी माया गुरुङले उद्घाेषण तालिमलाई बार्षिक कार्यक्रममा समाबेश गरेर नियमित संचालन गर्नु पर्नेमा जाेड दिनुभयो ।
तालिममा सिद्धार्थ तमु समाजका  ४० जना सदस्यहरुकाे सहभागिता रहेको समाजका काेषाध्यक्ष यम बहादुर गुरुङले जानकारी दिनुभयो ।
तालिममा उत्कृष्ट भुमिका निर्वाह गर्ने प्रशिक्षार्थीहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियाे।

Leave a Reply