नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति उपाध्यक्ष सोनी शर्मालाई पितृशोक

६ चैत्र २०७९, सोमबार

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति उपाध्यक्ष सोनी शर्मालाई पितृशोक परेको छ । उहाँका पिता चन्द्रप्रसाद पन्थको ८४ वर्षको उमेरमा सोमबार विहान ५ बजे व्यास नगरपालिका वडा नम्बर १४ छाब्दीबराह स्थित आफ्नै निवासमा निधन भएको हो ।

उहाँ विगत लामो समयदेखि दमबाट पीडित हुनुन्थ्यो ।

पन्थले तनहुँ जिल्लामा शिक्षा क्षेत्र, समाज सेवा र धार्मिक क्षेत्रमा सक्रिय रहेर महत्वपूर्ण योगदान दिनुभएको थियो ।

उहाँको सोमबार नै देवघाटमा अन्त्यष्टि गरिएको छ । स्वर्गीय पन्थका एक श्रीमति, ६ छोरा, २ छोरी र २२ नतिनातिना हुनुहुन्छ ।

Leave a Reply