पोखरामा अनलाइन पत्रकारिता तालिम सुरु

२ बैशाख २०८०, शनिबार

पोखरा  ।अनलाइन पत्रकार संघ गण्डकीले आयोजना गरेको पत्रकारिता तालिम शनिवारदेखी पोखरामा सुरु भएको छ । सोमबारसम्म संचालन हुने तालिमको उद्दघाटन गर्दै गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहा थापाले सिकाइ जिवनभरी रहने प्रक्रिया रहेको भन्दै पत्रकारितामा सिक्ने धेरै अवसर हुने बताए ।

मिडिया सम्बन्धी समस्यामा जानकार रहेको तर काम गर्न नपाइ सरकारबाट बाहिर पर्ने अवस्था आएको बताए । उनले बधाइ र विदाइ संगसंगै जस्तो हुन लागेको बताए । मन्त्री थापाले हुने खानेको मात्र समाचार नआइ जहाँ विकट छ त्यहाँ पत्रकारको आँखा जानुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य सरिता तिमिल्सिनाले पछिल्लो समयमा अनलाइन पत्रकारीताको महात्व बढेको बताइन ।

नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुबेदीले गण्डकी प्रदेश सरकारले प्रदेश सभामा लगेको मिडिया सम्बन्धी कानुन  पत्रकार अनुकुल नभएको बताए ।
नेपाल पत्रकार महासंघ कास्की शाखा उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले कोभिड १९ पछीको समयमा नेपालमा अनलाइन पत्रकारिताको महत्व बढेको बताए ।

प्रशिक्षक केशव शरण लामिछानेले पत्रकार अनलाइनमा जान नसेको पत्रकारीता नै नरहने बताए ।
प्रशिक्षक भरत कोइरालाले अहिले मिडिया संक्रमण कालिन अवस्थामा रहेको जानकारी दिदै प्रदेश सरकारले मिडिया सम्बन्धी कानुन बनाउन ढिलो गरेको धारणा राखे ।

अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष गणेश बरालले आगामी दिनमा पनि यस्ता तालिम संचालन गर्दै जाने बताए । अनलाइन पत्रकार संघ गण्डकीका उपाध्यक्ष सन्तोष बस्यालले मिडियालाई स्तरीय बनाउन तालिमको आयोजना गरेको बताए ।
शनिवार भरत कोइरलाले कन्टेन्ट राइटिङ र केशव शरण लामिछानेले डिजिटल जर्नालिजमको विषयमा प्रशिक्षण गराएका छन् ।

आइतबार दिपक अधिकारी तथ्यजाँच सम्बन्धी प्रशिक्षण गराउने छन् । सोमबार प्रेस काउन्सिलका अधिकृत रामशरण बोहराले पत्रकार आचार संहिता सम्बन्धी प्रशिक्षण गराउने छन् । तालिममा ४० जना पत्रकार सहभागी छन् ।

यसैबीच शनिबार बाट नै अनलाइन पत्रकार संघ गण्डकीले संघको वेसाइट www.onlinejournalist.org.np शुभारम्भ गरेको छ ।

Leave a Reply