लक्ष्मी टाेलविकास संस्थाकाे भित्तेपात्राे विमाेचन तथा शुभकामना आदानप्रदान कार्यक्रम

५ बैशाख २०८०, मंगलवार
पाेखरा। नयाँ बर्ष २०८० काे अवसरमा पाेखरा -१५ स्थित लक्ष्मी टाेलविकास संस्थाले  पाेखरामा साेमबार शुभकामना आदानप्रदान तथा भित्तेपात्राे विमाेचन कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा स्यानी मझुवा टाेल विकास संस्थाका अध्यक्ष श्रीप्रसाद गुरुङ ,लमजुङ समाज घरका अध्यक्ष देव वहादुर गुरुङ ,मगर समाज राम वजार ईकाईका अध्यक्ष सुधा थापा,बसुन्धरा मार्ग स्यानी मजुवा टाेल विकास संस्थाका अध्यक्ष ईश्वर आले ,संस्थाका पुर्व अध्यक्ष गजेन्द्र प्रसाद पाेखरेल,सुवेदार हरिमान थिङ तथा निर्वतमान अध्यक्ष क्याप्टेन राजेन्द्रप्रसाद गुरुङले शुभकामना मन्तव्य गर्नु भएको थियाे।
कार्यक्रममा लक्ष्मी टाेल आमा समुहका पुर्व अध्यक्ष पुष्पा गुरुङ ,चन्द्रा गुरुङ
लक्ष्मी टोल आमा समुहको  उपाध्यक्ष लेककुमारी गुरुङले पनि शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियाे ।
संस्थाका अध्यक्ष राजु आलेकाे अध्यक्षतामा भएको कार्यक्रममा  स्वागत मन्तव्य संस्थाका काेषाध्यक्ष आश बहादुर गुरुङले गर्नुभएको थियाे भने कार्यक्रमकाे संचालन संस्थाका सचिव राेशन गुरुङले गर्नुभएको थियाे ।

Leave a Reply