लैंगिक हिंसा न्यूनिकरणका लागि महिला पुरुष समसचेतना कार्यक्रम

0
136

 

पोखरा । पोखरा महानगपालिका वडा नम्वर  ४ मा  महिला हिंसा न्यूनिकरण गर्ने उद्देश्यले लैंगिक हिंसा बिरुद्ध पुरुषको ऐब्यबद्धता महिला पुरुष समसचेता कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गदै पोखरा महागनरपालिका  वडा नम्वर  ४ का  वडाअध्यक्ष देवकृष्ण पराजुलीले  हिंसा र हिंसा गर्नेहरुलाई कानुनमा सजायको व्यवस्था के छ भन्ने बारे महिला पुरुष दुवै जनाले जान्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले पछिल्लो समय पुरुष पनि हिंसामा पर्ने गरेको बताउनुभयो ।    पुरुषहरु पनि हिंसामा पर्ने भएपनि खुलेर बाहिर आउन नसकेको बताउदै पछिल्लो समय खुल्ने क्रम सुरु भएको बताउनुभयो । पहिला महिलाले आफु हिंसामा परेको नभन्ने र लुकाउने अवस्था थियो अहिले पुरुषहरुले खुल्न हिचकिचाउने गरेको बताउनुभयो ।

समाजमा महिला र पुरुषवीचको समानता स्थापित गदै हिंसा न्युनियकरण गर्ने अभियानका रुपमा कार्यक्रम सञ्चालन गरेको पोखरा महागनरपालिका  वडा नम्वर  ४ का   वडा सदस्य एवम् कार्यक्रम संयाेजक विष्णुमाया परियारले  बताउनुभयो ।

कार्यक्रमलाई सामाजिक विकास महाशाखाका  विष्णुमाया पाैडेल र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिवक्ता सरिता तिम्सिना पगेनीले सहजिकरण गर्नुभएको थियाे।

पोखरा महागनरपालिका  वडा नम्वर  ४ का   सदस्य एवम् कार्यक्रम संयाेजक विष्णुमाया परियारको अध्यक्षमा भएको कार्यक्रममा  नवीन माविका व्यवस्थापन समितिका अध्यक्ष सिराेज काेईरालाले बोल्नुभएको थियो ।

कार्यक्रमकाे संचालन वडाका कर्मचारी पवन सुवेदीले गर्नु भएको थियाे।