महावीर पुनको अभियानमा ने.वि.संघको एक्यवद्धता

१६ बैशाख २०८०, शनिबार

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन द्वारा अनुसन्धान , नबप्रबर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद एन बनाउने देखि हरेक वर्ष विकास बजेटमा निश्चित बजेट रकम छुट्टाई आविष्कार कोष कडा गर्नु पर्ने उद्देश्यले बसेको धर्ना अर्थात् आन्दोलनमा नेपाल विद्यार्थी संघका नेताहरुले एक्यबद्धता जनाएका छन् ।

नेपाल विद्यार्थी संघका नेता ई.सुवास पाैडेलको नेतृत्वमा उपत्यकामा अवस्थित त्रिचन्द्र क्याम्पस, अस्कोल क्याम्पस , थापाथली क्याम्पस , कान्तिपुर इन्जिनियिङ्ग कलेज लगायतका विभिन्न क्याम्पसका नेतृत्वदायी विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो ।

“इन्नोभेसन र इनभेनसनमा राज्यले एकदमै कम प्राथमिकता दिएको , यस्तो क्रियकलापले कुनै पनि creation हुन नसकेको र त्यसैको फलस्वरूप आजका दिनमा विकासका संभावित ढोकाहरु खोल्न नसकिएको परिस्थिति बारे जिकिर गर्दै अब यस्तो परिस्थितिलाई निराकरण गर्न सरकारलाई दवाव दिन ने.वि. संघ तत्पर रहेको कुरा ने.वि. संघ नेता ई.सुवास पौडेलले जिकिर गर्नुभयो ।

science, technology र innovation को क्षेत्रमा हाम्रो नेपाल सदैव विदेशबाट आयातित वस्तुमा निर्भर हुनुपर्ने बाध्यात्मक परिस्थितिलाई औँल्याउँदै आगामी दिनमा स्वदेशमै अध्ययन, अनुसन्धान र रिसर्चको क्षेत्रमा लिडरशिपले प्राथमिकता दिएर यस क्षेत्रको विकास सहित देशको समग्र विकासमा उल्लेखनीय भूमिका खेल्नु हुनेछ भन्ने कामना समेत उहाँले गर्नु भएको छ।

Leave a Reply