नेपाल रेडक्रस साेसाइटी गण्डकीकाे पाँचौ वार्षिक साधारणसभा सम्पन्न

0
162
पाेखरा।नेपाल रेडक्रस साेसाइटी गण्डकी प्रदेश समितिकाे पाँचौ बार्षिक साधारणसभा शनिबार पाेखरामा सम्पन्न भएको छ।साधारणसभाकाे उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल प्राकृतिक प्रकाेपकाे जाेखिममा रहेको देश भएकोले नेपालमा रेडक्रस जस्ता मानवीय सेवामा समर्पित संस्थाकाे प्रकाेपकाे पुर्व सतर्कता र राहत तथा उद्दारमा महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो ।
मुख्यमन्त्रीकाे जिम्मेवारी सम्हाले लगत्तै मानवीय सेवामा समर्पित संस्थाकाे कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई गाैरव अनुभुति भएको मुख्य मन्त्री पाण्डेले वताउनुभयाे।
रेडक्रसकाे केन्द्रीय अधिबेशनका सन्दर्भमा बाेल्दै उहाँले भन्नुभयो,”नेतृत्वमा बस्नेहरुकाे कमजोरीका कारणले केही बर्षदेखि केन्द्रीय अधिबेशन हुन सकेको छैन।साख जाेगाउने गरी काम गर्नुहाेला।”
उहाँले रेडक्रस गण्डकी समितिले भुकम्पका समयमा खेलेको भुमिकाकाे प्रशंसा गर्दै आगामी दिनमा प्रदेश सरकारले मानवीय सेवाका सवालमा रेडक्रससंग सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
उहाँले नेपाल रेडक्रस साेसाइटी गण्डकी प्रदेशकाे प्रथम आवधिक याेजना २०२२-२०२५ काे सार्वजनिक समेत गर्नुभयो ।
नेपाल रेडक्रस साेसाइटी गण्डकी प्रदेश समितिका अध्यक्ष सुर्य प्रसाद ढकालकाे अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी लुम्बिनीका अध्यक्ष कृष्ण पंगेनी,वाग्मतीका महासचिव रामजी पाैडेल,रेडक्रस केन्द्रीय कार्यलयका निर्देशक पुजा काेईराला,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी,रेडक्रस तनहुँका सभापति कृण्ण प्रसाद गाैतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे।
साधारणसभामा महासचिव रामदत्त पाैडेलले वार्षिक प्रतिवेदन ,काेषाध्यक्ष नारायणप्रसाद घिमिरेले आर्थिक प्रतिवेदन र लेखा समिति संयाेजक देवीलाल शर्मा तिमिल्सिनाले लेखा प्रतिवेदन पेस गर्नुभएको थियाे ।
कार्यक्रममा रेडक्रस पर्वत कार्यलय प्रमुख खेम बहादुर क्षेत्री र कास्की शाखा प्रमुख माेहनसिंह खड्कालाई दाेसल्ला,प्रमाणपत्र र नगदसहित सम्मान गरिएको थियाे।
नेपाल रेडक्रस साेसाइटी गण्डकी प्रदेश समितिका महासचिव रामदत्त पाैडेलले संचालन गरेकाे कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष फुलमाया गुरुङले गर्नुभएको थियाे।