पाेखरामा संबैधानिक हक एवम् महिला अधिकार सम्वन्धी कार्यक्रम सम्पन्न

१९ बैशाख २०८०, मंगलवार
पाेखरा।वमन फन्ड एशियाकाे सहयाेगमा संबैधानिक हक एवम् महिला अधिकार सम्बन्धी कार्यक्रम साेमवार पाेखरामा सम्पन्न भएको छ।
कार्यक्रमकाे उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य कल्पना तिवारीले लैङ्गिकताकाे आधारमा हुने सबै प्रकारको हिंसा र अपराधलाई अन्त्य गर्न सके मात्रै लैङ्गिक समतामूलक समाज निर्माण गर्न सकिने बताउनुभयो ।
निर्वाचन प्रणालीको विषयमा बाेल्दै उहाँले भन्नुभयो , ” लाेकतन्त्रकाे खराब पक्ष समानुपातिक निर्वाचन प्रणाली हाे , नेताका नजिकका मान्छेलाई तानेर ल्याउने समानुपातिक प्रणालीकाे म घाेर बिराेध गर्छु।”
महिलालाई उम्मेदवार बनाउदा याेग्यता र क्षमताको आधारमा मुल्यांकन गर्नुपर्नेमा उहाँले जाेड दिनुभयो ।
नेपाल बार एशाेसिएशनका उपाध्यक्ष विरेन्द्र केसीले संविधानमा उल्लेख भएका हक अधिकारकाे व्यवाहारिक कार्यन्वयन गराउन सबै सराेकारवाला एकजुट भएर लाग्नुपर्नेमा जाेड दिनुभयो ।
लाेकतन्त्रकाे मेरुदण्ड कानुनकाे शासन हाे भन्दै उहाँले कानुन व्यवसायीहरु सामाजिक रुपान्तरणका अभियान्ता भएको बताउनुभयो ।
कानुनकाे गतिशीलताले गर्दा नै समाजबाट पुराना रुढीबादी धारणा र प्रचलन हटेर गएका छन् भन्दै उहाँले संविधानले व्यवस्था गरेका हक अधिकार लिनका लागि महिला अग्रसर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रम संयाेजक अधिवक्ता विनिता नेपालीले संबैधानिक हक एवम् महिला अधिकार सम्बन्धी जनचेतना जगाउने उदेश्यले कार्यक्रमकाे आयोजना गरिएको वताउनुभयाे।
कार्यक्रममा उच्च अदालत बार एशाेशियसनका पुर्व अध्यक्ष अधिबक्ता दयाराम गाैतम,जिल्ला अदालत बार एशाेशियसन महिला समितिका अध्यक्ष अधिवक्ता सीता भट्टराई ,नेपाल पत्रकार महासंघका केन्द्रीय कानुन विभाग प्रमुख अधिवक्ता सरिता तिम्सिना पगेनी,डेमोक्रेटिक लयर्स एशाेशियसन कास्कीका सचिव अधिवक्ता कृष्ण कुमारी गुरुङ लगायतले बाेल्नु भएको थियाे।
कार्यक्रममा पाेखराका विभिन्न संघ संस्थामा आबद्ध महिलाहरुकाे सहभागीता रहेको थियाे।
कार्यक्रमकाे अन्त्यमा सहभागीहरुले कार्यक्रम उपलब्धिमुलक रहेको प्रतिक्रिया दिएका थिए।

Leave a Reply