प्रभा पौडेल सुवेदीद्धारा प्रकाशित पुस्तक आमा २ विमोचन

३ जेष्ठ २०८०, बुधबार
पोखरा ।  गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले जिउँदो इतिहासका रुपमा रहेका आमा बुवाहरु राष्ट्रका अमुल्य सम्पत्तिको रुपमा रहेको बताउँनु भएको छ । बुधबार सामाजिक व्यक्तित्व प्रभा पौडेल सुवेदीद्धारा प्रकाशित पुस्तक आमा २ विमोचन गर्दे उहाँले आफनो जीवनकालभरि परिवार, समाज र राष्ट्रका लागि महत्वपुर्ण योगदान दिएका आमाको ज्ञान सीप र अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो समय जेष्ठ नागरिकलाई बृद्धाश्रम पठाउने क्रम बढ्दै गएको प्रति दुख ब्यक्त गर्दे साँसद बरालले आमा बुवालाई आफनो परिवारसंग रमाउने वातावरण सृजना गर्नु असल सन्तानको पहिलो कर्तब्य रहेकोमा जोड दिर्दै सुवेदीको यो कार्यको खुलेर प्रसंशा गर्नुभयो ।
त्यसैगरी, नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नैतिक शिक्षाको अभाबका कारणले समाज बिकृत हुदै गएको बताउनुभयो । संसारको बहुमुल्य ज्ञान आमाबाटै प्राप्त हुने भन्दै उहाँले आमाको महिमा अपरम्पार रहेको बताउनुभयो । उहाँले करुणा र प्रेमकी खानी आमालाई घर परिवारले मात्र नभै राष्ट्रले समेत सम्मान गर्नुपर्नेमा जोड दिनु ।
पुस्तकका लेखक दुर्गा अधिकारीले संसारमा आमाको महत्व शब्दमा ब्यक्त गर्न नसकिने भन्दै बिभिन्न धर्म ग्रन्थले समेत आमाको महिमालाई बर्णन गरेको बताउनु भयो । उहाँले सामान्य लेखपढ गर्न सक्ने व्यक्तिले पनि सजिलै बुझन सकुन भन्ने उदेश्यले पुस्तकलाई सरल भाषा प्रभा पौडेल सुवेदीको आमा २ पुस्तक विमोचन र शब्दमा लेखिएको जानकारी दिनुभयो । पुस्तकमा आमाको आफ्नो अनुभुतिहरुका साथै विगतको समाज, मुल्य, मान्यता, संस्कार, परिबेश र स्थान अबस्थाको बारेमा जानकारी दिइएको छ ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सीना पगेनीले सन्तानको सबैभन्दा नजिकको साथी आमा हुने भन्दै आमासंग सन्तानले हरेक सुखदुख बाड्न सक्ने बताउनुभयो । जेष्ठ नागरिकलाई हुने दुरव्यवहार कम गर्न जेष्ठ नागरिकका लागि बनेका ऐन कानुनको समाजमा सचेतना जगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
पुस्तकका प्रकाशक समाजसेवी प्रभा पौडेल सुबेदीले आमाको ८१ औ जन्मोत्सवमा आमाले प्रदान गरेका ज्ञान, शिक्षा, वंश, शाखा सन्तानमा जानकारी दिने उदेश्यले पुस्तक प्रकाशनमा ल्याएको जानकारी दिनुभयो । जीवनका हरेक सुखदुखमा आमाको साथ माया र हौसलाकै कारणले आफु यहाँसम्म आइपुगेको बताउनुभयो । उहाँले आमाको सम्मान र श्रद्धामा यो पुस्तक आमा २ प्रकाशन गर्नुभएको हो । यस अघि पनि उहाँले आमा पुस्तक प्रकाशन गर्नुभएको थियो ।
ब्रम्हकुमारी इश्वरीय बिश्वबिद्याल पार्दी शाखाकी प्रमुख ब्रम्हकुमारी राजयोगीनी अप्सराले मानिस भौतिक सुख प्राप्तिका लागि दौडदुपका कारणले समाजमा अशान्ती बढेको उल्लेख गर्दे शान्तीका लागि आत्मिक ज्ञानको महत्वपुर्ण भुमिका रहने बताउनुभयो ।
 प्रकाशक प्रभा पौडेल सुबेदीका पिता नेत्रविलास शर्माको अध्यक्षतामा भएको

कार्यक्रममा  आमा इन्दिरा शर्माले कबिता बाचन गर्नुभएको थियो ।

Leave a Reply