लायन्स क्लब अफ आरम्भ चाैतारीकाे नेतृत्व विकास तालिम सुरु

२४ जेष्ठ २०८०, बुधबार

 

पाेखरा।लायन्स क्लब अफ आरम्भ चाैतारीकाे आयोजनामा पाेखरामा नेतृत्व बिकास तालिम मंगलबार देखि सुरु भएको छ।

तालिमको उद्घाटन गर्दै लायन्स क्लब ३२५ जे का द्वितीय गभर्नर तथा ०२४/२५का प्रथम डिस्ट्रिक गभर्नर मिलन थापाले सामाजिक कामलाई राजनीतिकरण गर्न नहुने बताउनु भयाे।समाजसेवामा राजनिती जाेड्नु हुँदैन भन्दै उहाँले सामाजिक कार्यमा सबैसंग हातेमालो गर्दै काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

पछिल्लो समय स्तन क्यान्सर ,पाठेघरकाे मुखकाे क्यान्सर ,प्रेसर,सुगर जस्ता राेगवाट धेरै नेपालीले ज्यान गुमाउनु परेको उल्लेख गर्दै उहाँले लायन्स क्लब मार्फत दातृ निकायसँग समन्वय गरी स्वास्थ क्षेत्रमा काम गर्ने याेजना समेत सुनाउनु भयाे।

 

लायन्स क्लब अफ आरम्भ चाैतारीकाे अध्यक्ष माया बरालले लायन्स क्लब अफ आरम्भ चाैतारीले महिलाहरुकाे नेतृत्व बिकास तालिमलाई क्लबले अभियानकै रुपमा संचालन गरिरहेकाे जानकारी दिनुभयो ।

जवसम्म महिलाको नेतृत्व विकास गर्न सकिँदैन तवसम्म लैङ्गिक समतामूलक समाज निर्माण गर्न नसकिने उहाँको भनाइ थियाे।यस अघि पनि क्लबले पाेखराकाे वडा नम्बर पाेखरा ११ र १४ मा नेतृत्व विकास तालिम सम्पन्न गरिसकेको उहाँले जानकारी दिनुभयो ।

 

तीन दिनसम्म संचालन हुने तालिमकाे प्रशिक्षक नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिवक्ता सरिता तिम्सिना पगेनी रहनुभएकाे छ।

लायन्स क्लब अफ आरम्भ चाैतारीकाे अध्यक्ष माया बराल अध्यक्षतामा भएको कार्यक्रममा जनजागरण टाेल विकास संस्थाका अध्यक्ष देवी थापा,जनजागरण आमा समुहका अध्यक्ष कमला बराल लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियाे।

कार्यक्रममा स्वागत मन्तव्य क्लबका उपाध्यक्ष लिला तिमिल्सिनाले गर्नुभएको थियाे भने कार्यक्रमकाे संचालन क्लबका सचिव देवी कार्कीले गर्नुभएको थियाे।

तालिममा पाेखरा -१७ जनजागरण आमा समुह का सदस्यहरुकाे सहभागिता रहेको क्लबका द्वितीय उपाध्यक्ष समाजसेवी कृष्ण कुवँर (राधा )ले जानकारी दिनुभयो ।

 

 

 

 

 

Leave a Reply