वडाकाे विकासमा टाेल विकास संस्थाकाे भुमिका महत्त्वपूर्ण

२९ जेष्ठ २०८०, सोमबार

 

पाेखरा ।पाेखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष शिवप्रसाद तिमिल्सिनाले वडाको विकासमा टाेल विकास संस्थाकाे भुमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ।

आइतबार पाेखरा १८ सराङकाेटमा आयोजित टाेलविकास संस्थाकाे लागि संस्थागत क्षमता विकास कार्यक्रमकाे उद्घाटन गर्दै वडा अध्यक्ष तिमिल्सिनाले टाेलमा संचालन हुने विकास निर्माणका याेजनाहरुकाे तर्जुमा ,कार्यान्वयन र सुपरिवेक्षण तथा अनुगमनमा टाेल विकास संस्थाले सहयोग गर्नुपर्नेमा जाेड दिनुभयो ।

सामाजिक सुरक्षाका कार्यक्रम देखि व्यक्तिगत घटना दर्ताका लागि टाेलवासीलाई उत्साहित र सहजिकरण गर्न पनि उहाँले टाेल विकास संस्थाका पदाधिकारी एवम् सदस्यहरुलाई अनुराेध गर्नुभयो ।टाेल विकास संस्थाकाे सहयाेगमा जनचेतनामूलक कार्यक्रम गरी घरेलु हिंसा ,याैनजन्य हिंसा ,बालश्रम ,मानव तस्करी जस्ता अपराधकाे अन्त्य गर्न सकिने उहाँको भनाइ थियाे।

पाेखरा १८ अन्तर्गतका विभिन्न टाेल विकास संस्थाका अध्यक्षहरुकाे सहभागीता रहेको कार्यक्रमलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिवक्ता सरिता तिम्सिना पगेनीले सहजिकरण गर्नुभएको थियाे।

पाेखरा -१८ का वडा सदस्य मीना नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य कल्पना ढकाल क्षेत्रीले स्वागत तथा वडा सदस्य नमराज सुवेदीले

शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियाे।कार्यक्रमकाे संचालन कर्मचारी

सीता साप्काेटा सुवेदीले गर्नुभएको थियाे।

कार्यक्रम पाेखरा महानगरपालिका वडा नम्बर १८ काे आयाेजना एवम् पाेखरा महानगरपालिका सामाजिक विकास महाशाखाकाे आर्थिक सहयोगमा संचालन भएको वडा सदस्य रमेशबहादुर थापाले  जानकारी दिनुभयो ।

Leave a Reply