रास्ट्रीय बिभुती तथा सहिद पार्क समितिमा थापा

६ असार २०८०, बुधबार

पोखरा  । पोखरा महानगरपालिकाले निर्माण गरेको रास्ट्रीय बिभुती तथा सहिद
पार्क, पोखरा १८ जामुनबोटको व्यवस्थापन समिती गठन भएको छ ।
पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुख संरक्षक रहने पार्कको
व्यवस्थापन समिति १७ सदस्यिय गठन भएको छ ।

पोखरा महानगरपालिकाले गठन गरेको समितिको अध्यक्षमा निवर्तमान उपाध्यक्षभरत थापा चयन भएका छन । समितिको उपाध्यक्षमा निवर्तमान
उपाध्यक्ष एव पत्रकार महासघ कास्किका पुर्व अध्यक्ष रामकृष्ण ज्ञवाली,
शहिद पत्नी सविता दाहाल एवम निवर्तमान सदस्य सचिव एवम पार्कका
परिकल्पनाकार लक्ष्मण तिमिल्सिना मनोनित भएका छन ।

समितिकोसदस्य सचिवमा गङ्गाधर तिमिल्सिना चयन भएका छन । तिमिल्सिनाएकीकृत समाजवादीको जिल्ला सचिवालय सदस्य हुन । त्यस्तै समितिकोसदस्यहरुमा पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनहर
कडरीया, वातावरण शाखा प्रमुख निर्मलमान सिन्ह भन्डारी, नागरिक
समाजका प्रतिनिधि, जनआन्दोलन घाइते शेखर गौतम, स्थानिय प्रकाश
भट्टराई, प्रजापती अधिकारी, नगर सभा सदस्य कल्पना ढकाल, पुर्व सदस्य
राजु पौडेल लगाएत चयन भएका छन । समितिले पार्कको व्यवस्थापन एव
संरक्षकको योजना तयारी गरी महानगर समक्ष पेश गर्नेछ ।त्यस्तै समितिले
पार्क भित्र निर्माण हुने संरचनाको रेखदेख गर्नुका साथै नया बन्ने
सम्रचनाको लागि स्थान निर्धारण ,निर्माण लगाएतका काम गर्ने छ ।विगत
एक वर्ष देखि पार्कको व्यवस्थापन समिती गठन हुन सकेको थिएन ।

Leave a Reply