पोखरा वडा नम्बर ३ का महिला समुहका लागि प्रस्तावना तथा प्रतिबेदन लेखन तालिम

१७ असार २०८०, आईतवार

पोखरा । पोखरा पोष्ट प्रालि पोखरा -३ नदिपुरको आयोजना एवम पोखरा महानगरपालिका वडा नम्बर ३ को आर्थीक सहयोगमा पोखरा वडा नम्बर ३ का महिला समुहका लागि प्रस्तावना तथा प्रतिबेदन लेखन तालिम शनिबार पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाशमान उदासले वडाको बिकासमा महिला समुहको महत्वपुर्ण भुमिका रहने बताउनुभयो। महिला शसक्तीकरणको सवाललाइ पोखरा ३ ले सधैं प्राथमिकतामा राखेर काम गर्ने उहाँको भनाइ थियो । प्रस्तावना तथा प्रतिबेदन लेखन तालिम पश्चात् वडा कार्यलयमा महिला समुहका धेरै योजना तथा कार्यक्रम माग हुने उहाँले बिश्वास ब्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिका वडा नम्बर ३ का वडा सदस्य शान्ती देबी पराजुलीले प्रस्तावना तथा प्रतिबेदन लेखनका विषयमा जानकारी नभएकै कारणले पोखरा( ३ मा महिला समुहले कार्यक्रम माग गर्न नसकेको प्रति चिन्ता ब्यक्त गर्दे महिलाले हरेक विषयमा क्षमता बिकास गर्दे अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

पोखरा महानगरपालिका वडा नम्वर ३ का वडा सचिब चन्द्रावती वाग्लेले वडाबाट प्रवाह हुने सेवा,सुबिधा तथा योजना र कार्यक्रमलाइ समाबेशी हिसावले नै बितरण गरिएको जानकारी दिनुभयो। महिला,बालबालिका,जष्ठ नागरिक,अपांगता भएका ब्यक्तिका कार्यक्रमलाइ वडा कार्यलयले सधैं प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।

पोखरा पोष्ट प्रालिका संचालक सरिता तिम्सिना पगेनीले स्थानीय ,प्रदेश तथा संघीय तीनै तहका सरकारले महिला सशक्तिकरणको बिषयलाइ बिभिन्न कार्यकम मार्फत सम्बोधन गर्न प्रयास गरेता पनि अझै पनि वडा तहका आमा समुहका अध्यक्ष,सचिबलाइ समेत प्रस्तावना तथा प्रतिबेदन लेखनका विषयमा जानकारी नहुदा उनीहरुले आबश्यकता अनुसारको योजना वडा कार्यलयमा पेश गर्न नसकेको जानकारी दिनुभयो ।

उहाँले महिला समुहलाई कुनै पनि शिर्षकका योजना तथा कार्यक्रम माग गर्नका लागि प्रस्तावना लेख्न सिकाउने तथा कार्यक्रम सकिएपछि कार्यक्रमको प्रतिबेदन लेख्न सक्ने बनाउने उदेश्यले तालिमको आयोजना गरिएको  बताउनुभयो।

कार्यक्रममा बोल्दै महिला मिलन समुह नदिपुरका अध्यक्ष देबी पराजुली, बाल मन्दिर आमा समुहका अध्यक्ष गोदावरी तामाङ्ग, तेर्सापट्टी बुहारी समुहका अध्यक्ष नीलम श्रेष्ठ उदास, बिन्दाबासीनी आमा समुहका अध्यक्ष शीब खड्गी,लाँली गुराँस आमा समुहका अध्यक्ष सुभद्रा परियार ,जल बिनायक आमा समुहका अध्यक्ष राममाया द्वा ,नेवा मिसा पुच ः का रजनी श्रेष्ठ, फीमला आमा समुहका सचिब चिनमाया पुन, ज्ञानमार्ग स्वतन्त्र आमा समुहका उपाध्यक्ष तारा बाँस्तोला लगायतले महिला समुहका लागि प्रस्तावना तथा प्रतिबेदन लेखन तालिम अति आबश्यक रहेको बताउनुभएको थियो।

 

तालिमलाइ अधिबक्ता सरिता तिम्सिना पगेनी र पोखरा (३ का सचिव चन्द्रावती वाग्लेले सहजीकरण गर्नुभएको थियो ।
पोखरा -३ का कर्मचारी ऋतुनन्दा तामाङ ,सहभागीहरु सुमन कतिला,पुष्पा देवी रणपाल,रेखा दासले तालिम प्रभावकारी भएको बताउनुभएको थियो।

तालिममा पोखरा महानगरपालिका वडा नम्बर ३ का आमा समुहका ३५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रम पोखरा पोष्ट प्रालिका संचालक सरिता तिम्सिना पगेनीको अध्यक्षतामा भएको हो।

 

 

 

 

Leave a Reply