ने.वि. संघ पोखरा महानगरपालिकाको कार्यसमिति विस्तार

२७ असार २०८०, बुधबार

पोखरा  । नेपाल विधार्थी संघ पोखरा महानगरपालिकाका अध्यक्ष विपिन पौडेलले महानगरका वडाहरुबाट विभिन्न विधार्थी नेताहरुलाई समेटेर उनले कार्यसमिति विस्तार गरेका छन् । असार २४ गते कार्यसमिति विस्तार सम्बन्धमा विज्ञप्ति जारि गर्दै ने.वि. संघ पोखरा महानगरपालिकाका अध्यक्ष विपिन पौडेलले आफु सहित ३६ जनाको कार्यसमिति विस्तार गरेका हुन् ।

 

 

अध्यक्ष पौडेलले उपाध्यक्ष पदमा वडा नं ८ का मनोज राना र वडा नं २७ का गायस गुरुङलाई मनोनीत गरेका छन् भने सचिव पदमा वडा नं ४ का वेदान्त कोइराला र वडा नं ३० का निशेष न्यौपानेलाई मनोनीत गरेका छन् । त्यस्तै कोषाध्यक्ष पदमा वडा नं ८ की दिक्षिति थापालाई मनोनीत गरेका छन् भने सह-सचिव पदमा वडा नं ६,९,१४,२३ र २४ का विधार्थी नेताहरु क्रमशः राहुल के.सी, दिपेश नेपाली, अदित भुजेल, प्रशान्त पराजुली र साजन सुबेदीलाई मनोनीत गरेका छन् ।

 

साथै सदस्य पदमा ने.वि. संघ पोखराका अध्यक्ष विपिन पौडेलले वडा नं ४,६,७,८,९,१०,१२,१३,१४,१५,१६,१७,१८,१९,२३,२४,२७,२९,३०,३१,३२ र ३३ बाट क्रमशः सम्राट लम्साल, सन्देश पहारी र रोहन भट्टराइ, विवेक राना मगर, भर्विना थापा मगर, विश्वास गुरुङ, आशिष थापा मगर, सरुन गुरुङ, प्रतिक गुरुङ, अंकित अधिकारी, सुजन गिरि, आयुष तिमिल्सिना, अन्जल गुरुङ, आयुष थापा, सशांक ढुंगाना, सविन पौडेल र विश्वास घोताने गुरुङ, सर्जन तिमिल्सिना, विजय गिरि र आइरिस थापा, प्रताप बहादुर भण्डारी, रमिल गौतम, विशेष कोइराला, दिपेश विश्वकर्मा र प्रदिप अधिकारीलाई मनोनीत गरेका छन् भने बाँकी वडाहरुबाट नि कार्यसमितिमा छिट्टै नै अन्य विधार्थी नेताहरुलाई समट्ने जनाएका छन् ।

अध्यक्ष पौडेलले सम्पुर्ण मनोनीत विधार्थी नेताहरुलाई संगठन गतिशिल र चलायमान बनाउन प्रभावकारी भुमिका निर्वाहा गर्न आग्रह गर्दै शुभकामना ब्यक्त गरेका छन् ।

Leave a Reply