कौशिला देवी भण्डारी बालसाहित्य पुरस्कार अनुराग सापकोटा र रोजिना अधिकारीलाई

२१ श्रावण २०८०, आईतवार

पोखरा  ।  कौशिला देवी भण्डारी बालसाहित्य पुरस्कार २०७९ द्वारा शितलादेवी मा. वि.पोखरा ११ कक्षा ८ मा अध्ययनरत छात्र अनुराग सापकोटा र महेन्द्र मा. वि. माछापुच्छ्रे गाउँपालिका लाहाचोकमा कक्षा १०मा अध्ययनरत छात्रा रोजिना अधिकारीलाई प्रदान गरिने भएको छ।

बालबालिकालाई साहित्यप्रति रूचि जगाउने उद्देश्यले उक्त पुरस्कार नारी प्रतिभा वाङ्मय प्रतिष्ठानका संस्थापक सल्लाहकार डा.पुष्पा के. सी.भण्डारीद्वारा आफ्नी सासु कौशिला देवी भण्डारीको स्मृतिमा स्थापना गर्नुभएको थियो।उक्त पुरस्कारको राशी रु १०,००५ रहेको छ।

विशेषत: नेपाली कला साहित्य क्षेत्रमा योगदान दिने व्यक्तित्वको खोजी साथै नेपाली भाषा संस्कृतिको उत्थानका लागि केही गर्ने उदेश्यले स्थापित नारी वाङ्मय प्रतिष्ठाको व्यवस्थापनमा उक्त पुरस्कार यही श्रावण २५ गते संस्थाको वार्षिकोत्सवको अवसर पारी वरिष्ठ गायिका हरिदेवी कोइरालाको प्रमुख आतिथ्यमा रिडर्स कर्नर न्युरोडमा एक समारोहका विच वितरण गरिने व्यहोरा नारी प्रतिभा वाङ्मयका अध्यक्ष छन्दिका त्रिपाठीले जानकारी गराउनुभयो।

 

Leave a Reply