अन्तिम फैसला नआउँदासम्म फोहोर विसर्जनमा अवरोध नगर्न उच्च अदालत पोखराले परमादेश जारी

२१ श्रावण २०८०, आईतवार
पोखरा  ।  अन्तिम फैसला नआउँदासम्म लामेआहालमा रहेको अस्थायी ल्यान्डफिल साइटमा फोहोर फाल्न पोखरा महानगरलाई बाटो खुला भएको छ । उच्च अदालत पोखराले अन्तिम फैसला नआउँदासम्म फोहोर विसर्जनमा अवरोध नगर्न उच्च अदालत पोखराले आइतबार परमादेश जारी गरेको हो । महानगरले सहमति अनुसार काम नगरेको, ल्यान्डफिल साइटका कारण स्वास्थ्यमा प्रतिकुल असर परेकाले तत्काल फोहोर विर्सजन रोक्न बिहीबार महानगरविरुद्ध स्थानीय रविन केसी, तिथेन्द्र केसी र ब्रजेश गुरुङले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । उक्त रिटउपर उच्च अदालतले शुक्रबार विपक्षी बनाइएको पोखरा महानगरपालिकालाई एक हप्ताभित्र कारण देखाऊ आदेश जारी गरेको थियो ।
आइतबार महानगतर्फको जवाफ सुनिसकेपछि हाललाई रिटउपर अन्तिम फैसलामा सम्बोधन हुने नै हुँदा त्यसअवधिका लागि निवेदन बमोजिम आदेश जारी गर्नु नपरेको उच्च अदालत पोखराका रजिष्टार श्रीलाल पौडेलले जानकारी दिए । दुवै पक्षको बहस सुनिसकेपछि आइतबार तत्काललाई निवेदकले मागे बमोजिम आदेश जारी गर्न नपरेको उच्च अदालत पोखराका रजिष्टार श्रीलाल पौडेलले जनाए । ‘निवेदकले महानगरले फोहोर फाल्दा वातावरणीय प्रभाव पर्यो तत्काल रोक्नुपर्यो भनेर माग गर्नुभएको थियो । त्यसबारे अन्तिम फैसला हुन सकेन, उनले भने, त्यसअवधिका लागि महानगरले अगाडि बढाएको काम रोक्न आवश्यक देखिएन।

Leave a Reply