कास्कीको रुपाकाेटमा निशुल्क आँखा जाँच शिविर सम्पन्न

२५ श्रावण २०८०, बिहीबार

 

कास्की ।कास्कीको रुपाकाेटमा निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। रुपाकाेट पाेखरा सम्पर्क मञ्चकाे आयोजना एवम् हिमालय आँखा अस्पतालकाे प्राविधिक सहयोगमा निशुल्क आँखा जाँच शिविर सम्पन्न गरिएको हाे।

रुपा गाउँपालिका वडा नम्बर ६ स्थित चन्द्रप्रभा माविमा आयोजना गरिएको शिविरमा २ सय जनाको आँखा परिक्षण गरिएको रुपाकाेट पाेखरा सम्पर्क मञ्चका अध्यक्ष सरिता तिम्सिना पगेनीले जानकारी दिनुभयो ।

जाँच गरिएका बिद्यार्थीहरु मध्ये ६ जनालाई न्यून दृष्टि सम्वन्धि समस्या देखिएको    साथै १५ जनालाई निशुल्क औंषधी वितरण गरिएको हिमालय आँखा अस्पतालका बाह् य कार्यक्रम प्रमुख सुभाष नेपालले जानकारी दिनुभयो ।

कार्यक्रममा वाेल्दै उहाँले हिमालय आँखा अस्पताल पाेखराले अन्धाेपन निवारण गर्ने उदेश्यले विभित्र ठाउँमा शिविरहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।

पछिल्लो समय विद्यार्थी लक्षित कार्यक्रम मार्फत आँखा स्वास्थ्य सम्वन्धी जनचेतना जगाउने साथै बिद्यार्थीकाे आँखा जाँच कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिएको उहाँको भनाइ थियाे।

कार्यक्रममा बाेल्दै चन्द्र प्रभा माविका प्रधानाध्यापक भाेलानाथ पाैडेलले विद्यालयमा कार्यक्रम आयोजना गरी विद्यार्थी ,शिक्षक साथै अभिभावककाे समेत आँखा जाँच गर्ने अवसर प्रदान गरेकोमा आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।

शिविरमा हिमालय आँखा अस्पतालका बाह् य कार्यक्रम प्रमुख सुभाष नेपाल, नेत्र सहायक सानिदा खान,आचल शाह,भुमिका सुवेदी ,विनिता क्षेत्रीले सहजिकरण गर्नुभएको थियाे।

 

 

 

Leave a Reply