‘मायाँ हेरेर कहाँ देखिन्छ’ बोलको गीतको सुटिङ सम्पन्न

२८ श्रावण २०८०, आईतवार

पोखरा । ‘मायाँ हेरेर कहाँ देखिन्छ’ बोलको गीतको म्यूजिक भिडियो सुटिङ सम्पन्न भएको छ । शनिबार पोखरामा उक्त गीतको छायाँकन गरिएको हो। सुप्रसिद्ध गायक तथा संगीतकार रामभक्त जोजिजुको विशेष उपश्थितीमा एक कार्यक्रमका बीच गीतको छायांकन सुभारम्भ गरिएको थियो

। युवा गीतकार तथा संगीतकार आदर्श पोखरेलको शब्द संगीत रहेको उक्त गीतमा गायक विश्वबन्धु अधिकारी र गायिका जमुना तिमिल्सिना को आवाज सजिएको छ ।

 

सुदिप सुवेदीको निर्देशन र सन्देश गुरुङको छायांकन रहेको भिडियोमा गायक विश्वबन्धु अधिकारी र गायिका जमुना तिमिल्सिना दमदार अभिनय रहेको छ । त्यसैगरी जमुना पौडेल बराल र डा. परिवर्तन बराललाई पनि भिडियोमा विशेष भूमिकामा प्रस्तुत गरिएको छ । भिडियोमा समावेश नृत्यको कोरियोग्राफी भने सोम गुरुङले गरेका छन् ।

विशुद्ध प्रेमकथामा आधारित गीतको म्युजिक भिडियोलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । हाल छायांकन सकेर पोष्ट प्रोडक्सनमा रहेको गीतको भिडियो केही दिनमै सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ । उक्त गितको म्युजिक भिडियो ओएसआर डिजिटल प्रा।लि।को आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक हुनेछ ।

Leave a Reply