पाेखरा शारीरिक सुगठन संघको पदस्थापन तथा सम्मान कार्यक्रम

३१ श्रावण २०८०, बुधबार

 

 

पाेखरा।पाेखरा शारीरिक सुगठन संघको पदस्थापन तथा सम्मान कार्यक्रम बुधबार पाेखरामा सम्पन्न भएको छ।पदस्थापन कार्यक्रममा बाेल्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले  स्वास्थ्य नागरिक उत्पादन गर्न शारीरिक सुगठन जस्ता संस्थाले महत्त्वपूर्ण भुमिका खेलेको बताईन ।

उनले सबै मानिस खेल क्षेत्रमा जोडिनुपर्ने धारण राखिन । खेलकुद स्वास्थ्य बनाउने, मानसिक रोग घट्ने, रमाइलो दिने कारण पनि खेलकुदले हस्पिटलमा बिरामीको चाप घट्ने, मानिसको सोच्ने शक्तिको विकास हुने मन्त्री सिंखडाकाे भनाइ छ । मन्त्री सिंखडाले  खेलकुदका क्षेत्रमा महिलाको न्यून सहभागीता हुने गरेको प्रति लक्षित गर्दै हरेक संस्थामा ५० प्रतिशत महिलाको सहभागीता गराउनुपर्नेमा जाेड दिईन।

 

पोखरा ३ का वडाध्यक्ष प्रकाशमान उदासले वडा कार्यलय खेलकुदका क्षेत्रमा सहकार्य र समन्वय गर्ने सवालमा सधैं प्रतिवद्ध रहेको बताए।पोखरा शारीरिक सुगठनले खेलकुद भन्दा अन्य सामाजिक काम पनि गर्दै आएको उनको  भनाइ छ ।

साउन २० गतेको विशेष अधिवेशनबाट  अध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ, प्रथम उपाध्यक्ष विक्रम उदास, द्वितीय उपाध्यक्षमा पूर्ण श्रेष्ठ, महासचिव उमेश सिके, सचिव इन्जिनियर उत्तम मान उदास, कोषाध्यक्ष पुष्प उदास चयन भएका थिए । सदस्य मा रञ्जन बुद्वचार्य, अर्जुन गिरी, गौतम उदास, प्रेम पुन, महेश उदास र प्रवीण वैद्य चयन भएका थिए ।

सल्लाहकारमा पाेखरा -३ का अध्यक्ष प्रकाशमान उदास,पवन कुमार प्रजापति ,राजु श्रेष्ठ,बुद्ध गुभाजु,शंकरमान उदास,मनाेज विजुक्छे,शान्ता श्रेष्ठ,सुन्दर श्रेष्ठ र भूषण नारायण श्रेष्ठ रहेका छन्।

कार्यक्रममा दक्षिण केरियामा सम्पन्न साउथ एसियन खेलामा तेस्रो भएका सुरेश गुरुङ र जीवन घिमिरे र मिस्टर पोखराका विजेता केशव उदासलाई सम्मान गरिएको थियो ।

 

 

पाेखरा शारीरिक सुगठन संघका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठकाे अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष बिक्रम उदासले गरेका थिए भने कार्यक्रमकाे संचालन महासचिव उमेश सिकेले गरेका थिए।

२१ वर्ष अघि २०५८ सालमा स्थापना भएको सङ्घले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्दै आएको छ ।

 

 

 

 

 

 

 

 

 

Leave a Reply