गलत र भ्रामक सुुचनाबाट कसरी बच्ने भन्ने विषयमा डिजिटल मिडिया साक्षरता कार्यक्रम

२ भाद्र २०८०, शनिबार

कास्की ।  गलत र भ्रामक सुुचनाबाट कसरी बच्ने भन्ने विषयमा डिजिटल मिडिया साक्षरता कार्यक्रम आयोजना गरिएको  छ । शनिबार पत्रकार महासंघको सभाहलमा भएको कार्यक्रम संचारिका समुह गण्डकी प्रदेशको आयोजना तथा नुसान र अमेरीकी राज दुतवासको सहयोगमा आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्नुहुुँदै प्रमुख अतिथि गण्डकी प्रदेशसका उप–सभामुख विना कुमारी थापा मगरले सत्य तथ्य र निश्पक्ष रुपमा समाचार संप्रेसण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बाेल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् कानुन विभाग प्रमुख सरिता तिम्सिना पगेनीले साेसल मिडियाकाे विकासले मिथ्या सुचना फैलाउन सहज भएको भन्दै मिथ्या सुचना राेक्नका लागि मिडिया साक्षरता र ईन्फरमेसन साक्षरता अभियान सञ्चालन गर्नुपर्नेमा जाेड दिनुभयो ।

संचारिका समुह गण्डकी प्रदेशका अध्यक्ष कविता श्रेष्ठले अहिलेको डिजिटल युगमा भ्रामक र गलत सूचनाबाट बच्नका लागि संस्थाले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । साथै कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्ने समेत जानकारी दिनुभयो ।

अमेरीकी राजदुता बासका प्रोफेशनल एक्सचेन्ज विज्ञ ईशु लामाले कार्यक्रमको प्रशंसा गर्नुहुँदै, आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी पुण्य पौडेल, इन्सेक गण्डकी प्रदेशका प्रमुख शिव खकुरेल,पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, गण्डकी प्रदेश फोनिजका अध्यक्ष रुद्र श्रीस मगर लगायतले गलत र भ्रामक सुचनाबाट सवैलाई सचेत रहनका लागि आग्रह गर्नुभयो ।

पत्रकार महासंघ गण्डकी प्रदेशका सल्लाहकार दिपेन्द्र श्रेष्ठले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने, कार्यक्रम सञ्चालन सञ्चारिका समुहका कोषाध्यक्ष उमा आले मगरले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply