पोखरामा शुक्रबार गायक नबिन के भट्टराईको लाइभ कन्सर्ट

७ भाद्र २०८०, बिहीबार

 

पोखरा ।लामो समय पछि गायक नबिन के भट्टराई आफ्नो व्याण्ड सहित पोखरामा लाइभ कन्सर्टमा लिएर आउन लागेका छन् । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा भदौ ८ गते शुक्रबार साँझ लाइभ कन्सर्ट मार्फत दर्शकमाझँ आउदै छन् ।

युवा पुस्ताका गायक नविन के भट्टराईलाई एक फरक शैलिमा गीत गाउने खाएका रुपमा पनि चिनिन्छन् । गायक भट्टराईले तिमि हौ लाखौंको धड्कन, साँझ पख, रात बित्यो, चाहना छ एउटै मेरो, सम्झिरहन्छु, सयौं लास टेकेर, साँझापखा, दोबाटोमा, तिमिले हेर्दा कसैलाई जस्ता चर्चित गीतबाट दर्शकलाई मनोरञ्जन दिने छन् ।

गायक भट्टराईको पोखरा लामोसमय पछि कन्र्सट हुन लागेको बताउदै प्याराडिसोका म्यानेजर हरि पौडेलले प्रशंसक र शुभचिन्तक राम्रो उपस्थिती रहने बताए । मध्यरातसम्म लाइभ कन्सर्ट चल्ने छ । कार्यक्रमको टिकट १ हजार र ५ सय रुपैया पौडेलले बताए । उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन र अग्रिम टेबल बुकिङ गर्न सकिने बताए । टेबल बुकिङ गर्नेका लागि प्रबेश शुल्क नलाउने उनको भनाई छ ।

नवीन के भट्टराईले सन् १९९० बाट आफ्नो सांगीतिक करियर सुरु गरेका हुन् । उनले “द स्टिल ह्वील“ ब्यान्डबाट गायक र रिदम गिटारवादकको रूपमा गरेका थिए । ५० बर्षिय भट्टराईले अहिले सम्म दर्शन बढि एलबमहरु निकाली सकेका छन् । उनलाई पप स्टारका रुपमा दर्शकले चिन्दै आएका छन् । उनले नेपाली सांगितीक क्षेत्रमा विभिन्न म्युजिक अवार्ड र पुरस्कार समेत जितेका छन् ।

 

Leave a Reply