पोखरा आदर्श सेकेन्डरी स्कुलमा बाल संस्कार कार्यक्रमको थालनी

१० भाद्र २०८०, आईतवार

पोखरा आदर्श सेकेन्डरी स्कुल , पोखरा -१ बगरमा विद्यार्थीहरुका लागि अत्यन्त उपयोगी बाल संस्कार कार्यक्रम विद्यालयको प्राङगणमा आइतबार सम्पन्न भयो।

कार्यक्रम सेवाका लागि युवा , नेपालका अध्यक्ष  छेवाङ कर्म तामाङको सभापतित्वमा संचालन भएको सो कार्यक्रममा सहजकर्ताका रूपमा सेवाका लागि युवा नेपालका अध्यक्ष  छेवाङ कर्म तामाङ र सदस्य  विष्णु काफ्ले रहेका थिए । प्रमुख अतिथि विद्यालयका संस्थापक / प्राचार्य  फणिन्द्रप्रसाद अधिकारीले बाल संस्कार कार्यक्रम बालबालिकाहरुका लागि अत्यन्त उपयोगी रहेको धारणा व्यक्त गरे।

कार्यक्रमका सहजकर्ता छेवाङ कर्म तामाङले विद्यार्थीहरुलाई नैतिक शिक्षाको महत्त्व अनि आध्यात्मिक ज्ञानका बारेमा सिकाएका थिए ।कार्यक्रममा विद्यार्थीहरुलाई योग, ध्यान , मत्रोच्चारण आदिको माध्यमबाट ब्यावहारिक ज्ञान दिलाए। पश्चिमी संस्कृतिको अन्धानुकरण भइरहेको वर्तमान सन्दर्भमा विद्यार्थीहरु माझ नेपालीपन, नेपालीत्व , नेपाली संस्कार र संस्कृतिको संरक्षण गर्नु पर्ने कुरा औंल्याए ।सहजकर्ता विष्णु काफ्लेले राष्ट्रप्रेम ,भ्रातृत्व जगाउने खालका महत्त्वपूर्ण सामग्री प्रस्तुत गरे।

५ दिन सम्म संचालन हुने सो कार्यक्रममा कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुको उपस्थिति रहने  विद्यालयका सह प्राचार्य  ज्ञानेश्वर सुबेदीले  जानकारीदिए ।

Leave a Reply