पोखरामा उपप्रमुखसंग महिला कार्यक्रमबाट ६१९ जना लाभान्वित

१५ भाद्र २०८०, शुक्रबार

पोखरा । पोखरा महानगरपालिकाले सञ्चालन गरेको उपप्रमुखसंग महिला कार्यक्रमबाट ६१९ जना लाभान्वित भएका छन् ।

कार्यक्रमबाट आर्थिक वर्ष २०७९÷८० सम्म ६१९ जनालाई ११ करोड ४९ लाख ४१९ रुपैयाँ लगानी भएको छ । लगानी गरिएका मध्य ऋण चुक्ता गरेको पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाले जनाएको छ ।

आर्थिक वर्ष २०८०÷८१ को लागि १ करोड ५० लाख विनियोजन भएको छ भने ऋण लगानीबाट फिर्ता आएको १ करोड ७५ लाख ९५ हजार ८ सय रुपैयाँ कोषमा मौजात रहेको छ । चालु आर्थिक वर्षका लागि झण्डै साँढे करोड रुपैयाँ रकम उपप्रमुखसंग महिला कार्यक्रम मार्फत ऋण लगानी, कानुनी सचेतना र शैक्षिक सहजताका लागि रहेको सामाजिक विकास महाशाखा महिला विकास अधिकृत एवं कार्यक्रमका सदस्यसचिव विष्णुमाया पौडेलले जानकारी दिइन ।

उपप्रमुुख गुरुङले महिलाहरु आर्थिक रुपमा सवल र सक्षम नहुदाँ सम्म हिंसा मुक्त समाज बन्न नसक्ने भन्दै उपप्रमुखसंग महिला कार्यक्रम संचालनमा ल्याइएको बताइन । महिलाहरुको क्षमता अभिबृद्धि गराउदै आर्थिक रुपमा सवल र सक्षम बनाउदै उद्यमशिलताको विकास गराउर्ने उद्देश्यले कार्यक्रम ल्याइएको हो । लैङ्गिक हिंसालाई न्यूनीकरण गर्दै पीडित तथा प्रभावितहरुका लागि संरक्षणात्मक सेवा उपलब्ध गराउने कार्यक्रमले उद्देश्य लिएको छ । कार्यक्रमले महिलाहरुको जीवनमा सकरात्मक परिवर्तन ल्याउने विश्वास सहित सञ्चालनमा ल्याएको हो । ‘पोखरा महानगरपालिकालाई महिला मैत्री महानगरपालिकाको रुपमा स्थापित गराउन महिला हिंसालाई न्यूनिकरण गर्नुपर्छ र त्यसका लागि महिलाहरु आर्थिक रुपमा सवल र सक्षम हुर्नुपर्ने तथा महिला आफै सक्षम नहुदाँसम्म हिंसाबाट मुक्त हुन सक्दैन भन्ने कुरालाई ध्यानमा राखेर उपप्रमुखसँग महिला कार्यक्रम सञ्चालन गरिएको उपप्रमुख मञ्जुदेवी गुरुङको भनाई छ । ‘पोखरा महानगरपालिकालाई महिला मैत्री महानगरपालिकाको रुपमा स्थापित गराउन महिला हिंसालाई न्यूनिकरण गर्नुपर्छ र त्यसका लागि महिलाहरु आर्थिक रुपमा सवल र सक्षम हुर्नुपर्ने तथा महिला आफै सक्षम नहुदाँसम्म हिंसाबाट मुक्त हुन सक्दैन भन्ने कुरालाई ध्यानमा राखेर उपप्रमुखसँग महिला कार्यक्रम सञ्चालन गरिएको हो ।’

उपप्रमुखसंग महिला कार्यक्रम अन्र्तगत कृषि, व्यवसायीक र घरेलु उद्यमसिलता, रोजगार मुलक, सिप विकास, निर्माण तथा क्षमता अभिबृद्धि सम्वन्धि कार्यक्रमलाई प्राथमिता दिइने छ । उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा नौ सदस्यीय संचालक समिति रहेको छ । समितिमा कार्यपालिकाका पाँचजना सदस्य, उद्यमशिलता र सीप विकासका क्षेत्रमा काम गरेका दुई जना महिला र पोखरा महानगर महिला विकास अधिकृत सदस्यसचिव रहने ब्यवस्था कार्यविधिमा गरिएको छ ।

कार्यक्रम संचालन गर्दा विपन्न, अति विपन्न, एकल, हिंसा पिडित, अपाङ्गता भएका, दलित आदिवासी जनजाति र सिमान्तकृत महिलालाई प्राथमिकता दिइने छ । उक्त कार्यक्रमका लागि आवश्यक बजेट महानगर नगर सभाले गर्ने ब्यवस्था गरिएको छ । उक्त कार्यक्रमका लागि वडाका महिला जनप्रतिधिलाई कार्यक्रमहरु माग समेत गरिएको छ । आफनो वडाको आवश्यकताका आधारमा कार्यक्रम माग गर्न महानगरका ३३ वडालाई अनुरोध गरिएको छ ।

 

Leave a Reply