टेवानको आयोजनामा पोखरामा तीज, सांस्कृतिक महोत्सव हुने

१६ भाद्र २०८०, शनिबार

पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)को आयोजनामा पोखरामा तीज, सांस्कृतिक महोत्सव – २०८० हुने भएको छ । ‘दिगो पर्यटनका लागि समान सहभागिता’ नाराका साथ महोत्सव आयोजना गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

भदौ २५, २६ र २७ गते लेकसाइडस्थित कोमागाने पार्कमा महोत्सव हुनेछ । महोत्सवका अवसरमा महिला प्रतिभा प्रतिस्पर्धा कार्यक्रमसमेत हुने आयोजकको भनाइ छ ।

तीज सांस्कृतिक महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका महिलाहरुको सहभागिता रहने टेवानकी अध्यक्ष कमला गिरीले बताइन् । उनका अनुसार महोत्सव लेकसाइड क्षेत्रको कोमागाने पार्कमा हुनेछ ।

तीन दिनको कार्यक्रममा खेलकुद, तीज गीत प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, मौलिक भेषभुषा प्रर्दशन, स्वदेशी तथा विदेशी खानाका स्टल, ११ वटै जिल्लामा उत्पादन हुने वस्तुहरुको बजारीकरण, सांस्कृतिक कार्यक्रम, लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु राखिएको उनले बताइन् । महोत्सव मार्फत पोखराको  पर्यटन प्रवर्द्धनमा समेत  योगदान पुग्ने अध्यक्ष  गिरीले बताइन् ।

महोत्सवको मुख्य आकर्षणहरुमा धार्मिक एवं पर्यटन स्थल प्रवरद्ध्न, सांस्कृतिक प्रदर्शनी, हस्तकला एवं चित्रकला प्रदर्शनी, महिला हाजिरी जवाफ प्रतियोगिता, प्रदेश स्तरीय तीज गित प्रतियोगिता, गण्डकी प्रदेशका स्थानीय उत्पाथनका प्रवरद्ध्न, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, मैत्रीपूर्ण महिला भलिबल तथा दौड प्रतियोगिता लगायतका कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

राष्ट्रिय कलाकारहरु राधिका हमाल, राजन कार्की, रामजी पौडेल, कृष्ण सुवेदी, माया गुरुङ, चोलेन्द्र पौडेल, तुलसा जिसी, जीवन दाहाल, सुनिता नेपाली, सीता केसी, ज्योति लोहनी, सुमन केसी, घनश्याम रिजाल, सरस्वती लामिछाने, पार्वती गुरुङ लगायतको प्रस्तुतिसमेत महोत्सवमा रहनेछ ।

महोत्सव सम्पन्न गर्न १५ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

Leave a Reply