जनसेवा साकाेसकाे तीज गीत प्रतियोगितामा उपकार आमा समूह प्रथम

२१ भाद्र २०८०, बिहीबार

 

 

पाेखरा।जनसेवा बचत तथा ऋण सहकारी संस्थाले ३१ औं स्थापना दिवस एवम् हरितालिका तीजका अवसरमा आयोजना गरेको तीज गीत प्रतियोगितामा उपकार आमा समूह प्रथम भएकाे छ।

महिला विकासमा सहकारी विषयमा बुधबार पाेखरा -१९ पुरुन्चाैरमा आयोजना गरिएको तीज गीत प्रतियोगितामा शिव पुरी आमा समुह दाेश्राे हुन सफल भएको छ भने लाली गुराँस आमा समूह तेश्राे भए। त्यसैगरी सीप विकास आमा समूह र लाली गुराँस आमा समूह (टाकुरा)चाैथाें भएको छन्।

प्रतियोगितामा प्रथम हुनेले रु १० हजार ,दाेश्राे हुनेले रु ७ हजार पाँच सय,तेस्रो हुनेले रु ५ हजार र सान्त्वना हुनेले रु ३ हजार साथै उत्कृष्ट नृत्यले रु १ हजार र प्रमाणपत्र प्राप्त  गरेका थिए ।

उत्कृष्ट नृत्यमा जागृति आमा समुह साथै बाल प्रतिभा सुदिक्षा अधिकारी र आयुसा बराललाई पनि पुरस्कार प्रदान गरिएको जनसेवा साकाेसका व्यवस्थापक प्रेमसागर अधिकारीले  जानकारी दिनुभयो ।

प्रतियोगितामा पाेखरा -१९ भित्रका १५  वटा आमा समुह वीच प्रतिस्पर्धा भएको थियाे।

निर्णायक समितिमा संयाेजक लाेक गायिका एवम् साहित्यकार अम्बिका भण्डारी, सदस्यमा जनसेवा साकाेसका शिक्षा उपसमितिका संयाेजक बिष्णु कुमारी आचार्य र प्राध्यापक कृण्ण प्रसाद आचार्य रहनुभएकाे थियाे।

 सहभागी सम्पुर्ण टिमलाई रु १ हजार र सहभागीताकाे प्रमाणपत्र प्रदान गरिएकाे जनसेवा साकाेस शिक्षा उप समितिका संयाेजक विष्णु कुमारी पाैडेल आचार्यले जानकारी दिनुभयो ।

 

कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिबक्ता सरिता तिम्सिना पगेनीले तीज पर्वले महिला शसक्तिकरणकाे क्षेत्रमा महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।

पछिल्लो समय तीजकाे माैलिकता माथि प्रहार भएको भन्दै उहाँले तीज पर्वकाे माैलिकता जाेगाउन सबै हिन्दु नारी एकजुट भएर लाग्नुपर्नेमा जाेड दिनुभयो ।सहकारीले महिलाको आर्थिक शसक्तिकरणकाे सवालमा महत्त्वपूर्ण भुमिका खेल्न सक्ने उहाँको भनाइ थियाे।

 

उहाँले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले गण्डकी प्रदेशवाट सहकारीकाे उत्कृष्ट ब्यबस्थापक हुन सफल भएकोमा जनसेवा साकाेसका ब्यबस्थापक प्रेमसागर अधिकारी लाई बधाई दिदै आगामी दिनमा सहकारीकर्मीले अवलोकन गर्न याेग्य सफल सहकारीका रुपमा  विकास हुदै जान सकाेस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।सहकारीकर्मीले बैकमा नभई सहकारीमै काराेवार गर्नुपर्नेमा उहाँले जाेड दिनुभयो ।

 

जनसेवा साकाेसका अध्यक्ष चेतनाथ गाैतमले सहकारीले समुदायका सुख दुखमा साथ दिने गरी काम गरेको बताउनुभयो ।

पाेखरा महानगरपालिका वडा नम्बर १९ पुरुन्चाैरमा मुख्य कार्यलय रहेकाे सहकारीमा २ हजार २ सय १४ जना सदस्य रहेका छन्।सहकारीकाे पाेखरा -१ ट्याक्सी चाेकमा सेवा केन्द्र रहेको छ।

 

जनसेवा साकाेसका अध्यक्ष चेतनाथ गाैतमकाे अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षा उप समितिका संयाेजक बिष्णु कुमारी आचार्यले गर्नुभएको थियाे भने कार्यक्रमकाे संचालन सचिव दान बहादुर भुजेलले गर्नुभएको थियाे।

 

 

 

Leave a Reply