पोखरा–३१ पचभैयामा प्रथम राष्ट्रिय नाथ सम्मेलन

२५ भाद्र २०८०, सोमबार

पोखरा । बृहद आध्यात्मिक परिषद्को आयोजना तथा श्री गोरक्षनाथ पीठको व्यवस्थापनमा पोखरा–३१ पचभैयामा यही भदौ २५ गतेदेखि २७ गतेसम्म प्रथम राष्ट्रिय नाथ सम्मेलन हुने भएको छ । मानव जगतको कल्याणका लागि धार्मिक भावना जगाउने उद्देश्यका साथ नेपालभरिका विभिन्न मठ, मन्दिर तथा आश्रममा रहेका पिठाधिस तथा धार्मिक गुरुहरूलाई एकै ठाउँमा जम्मा गरि पहिलो पटक तिन दिने राष्ट्रिय नाथ सम्मेलन गर्न लागेको धर्मगुरु योगी बलभद्र नाथ महाराजले बताउनु भयो । ओमकार परिवार सबै नाथ पन्थको तर्फबाट नाथै मान्ने र विगत केही कालदेखि नाथ पन्थको एकता नभइ अनेकतामा जाने विभिन्न कारणवश छरपस्ट भइ नेपाल अधिराज्यको विभिन्न क्षेत्रमा बसिरहनु भएको नाथहरुलाई गोलवद् गर्न कार्यक्रम आयोजना गरेको महाराजले जानकारी गराउनु भयो। ।

 

यही भदौ २५ गतेबाट सुरु हुने सम्मेलन बेगनास तालको मन्दरे पार्कबाट जलकलश सहितको शोभा यात्रा निकालिने र उद्घाटन सत्रसहित धार्मिक प्रवचन हुने कार्यक्रम प्रचार प्रसार उप समितिका संयोजक राममणि अधिकारीले जानकारी दिनुभयो । सम्मेलनमा प्रमुख वक्ता( सस्कृत विद् ) डा. जगमान गुरुङ, नाथतन्त्रको सैद्धान्तिक परम्परा डा.कृष्णचन्द्र शर्मा, नेपालको नाथ परम्परामा तन्त्र डा.माधव लामिछाने र हिमाली क्षेत्रमा तारातन्त्रको प्रभाव लोचवा पुण्य प्रसाद पराजुलीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सम्मेलनको अन्तिम दिन २७ गते संस्थाको विधान तथा विविध विषयमा छलफल गरी पोखरा घोषणा पत्र जारी गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम गोरक्षनाथधाम, पचभैया ३१ पोखरामा हुनेछ ।

Leave a Reply