तीजपर्वलाई महिलाका मुद्धा र बहसका रुपमा मनाउन जरुरी छः सांसद पहारी

३१ भाद्र २०८०, आईतवार

कविता घर्तीमगर,पोखरा । गण्डकी प्रदेशका सांसद देवका पहारीले अवको तिजपर्व महिलाहरुको माग मुद्धा र बहसका रुपमा मनाउन आवश्यक रहेको बताएकी छन् । महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा सञ्चारिका समुह नेपाल गण्डकी प्रदेश आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा उनले उक्त धारणा व्यक्त गरेकी हुन् ।

संविधानमा महिला अधिकारका कुराहरु उल्लेख भएपछि कार्यन्वयन पक्ष फितलो हुनाले देशका हरेक क्षेत्रमा महिलाहरुको अवस्था सोचेअनुसार माथि उठन नसकेको उनले गुनासो गरिन । साथै उनले आफुले महिलाका समस्या र समाधानका प्रयास जारी राख्ने प्रतिवद्धता व्यक्त  गरिन।

कार्यक्रमका अवसरमा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य सरिता तिमिल्सिना पंगेनीले सामाजिक पर्वहरुलाई सभ्य बनाउन पत्रकारिता मार्फत भुमिका खेल्ने प्रतिवद्धता व्यक्त  गरिन ।

 

कार्यक्रममा    नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष पुण्ष् पौड्याल, दलित महिला संघ फेडोका अध्यक्ष लक्ष्मि खाती, ओटेफका अध्यक्ष उमा भण्डारी,भिरको बाटो पुस्कतका लेखक गोमा पराजुली,नेपाल नर्सिङ संघका क्षेत्र रोका,वरिष्ठ सौन्दर्यकर्मी सुमन गुरुङ, सिदार्थ क्लवका पुर्व अध्यक्ष तिर्थ क्षेष्ठ लगाएतले समय परिवर्तन संगै तिजपर्व भड्किलो रुपमा मनाउन थालिएको भन्दै यसमा सचेत वर्गहरुले तिजको मौलिकतालाई ध्यान दिई सभ्य मार्गदर्शन दिन आवश्यक रहेको बताएका थिए ।

वक्ताहरुले हरेक क्षेत्रमा अझै पनि महिलाले गरेका सकरात्मक कार्यहरु र हिंसाका घटनाहरु ओझेलमा परेको भन्दै मिडियाले अव त्यस्ता लुकेका विषयहरुलाई प्रचारमा ल्याउने भुमिका खेल्न आग्रह गरे ।

त्यसै गरि कार्यक्रमको समापन गर्दै सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशका अध्यक्ष कविता क्षेष्ठले महिला पत्रकारहरुले महिलाका विषय सञ्चार माध्यममा ल्याउने प्रतिवद्धता व्यक्त  गरिन ।

 

कार्यक्रमका अवसरमा तिजगीतमा उत्कृष्ट नाँच प्रदर्शन गर्नेहरुलाई ग्रिष्मा विउटी केयरका तर्फबाट विभिन्न पुरस्कारहरु प्रदान गरिएको छ । जसमा कुस्मा रानाले प्रथम,तिर्थ श्रेष्ठले द्धितिय,लक्ष्मि खाती परियार तृतिय तथा अनिता घिमिरे र पुनम थापामगर सान्तवना भएका थिए ।

प्रथम,द्धितिय,तृतिय र सान्तवना हुनेहरुले क्रमशःहेयर केराटिन ट्रिट्मेन्ट,हाड्र फेसियल,मेनिकेयर र पेडिकेयर, सान्तवना हुनेहरुले ५० प्रतिशत छुटमा सेवा लिन पाउने गरि ग्रिष्मा विउटी केयरका तर्फबाट दिपा कार्कीले करिव ७ हजार बरावरको पुरस्कार प्रदान गरेकी छन् ।

 

Leave a Reply