तनहुँमाथि कास्की ३७ रनले विजयी

१२ आश्विन २०८०, शुक्रबार

 

पोखरा । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा शुक्रबारदेखि कास्की र तनहुँविच दुई श्रृंखलाको एक दिवसिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । पहिलो खेलमा कास्कीले तनहुँलाई ३७ रनले पराजित ग¥यो । टस जितेर पहिला व्याटिङ गरेको कास्कीले २७ ओभरमा १ सय ३ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । कास्कीको तर्फबाट आदित्य थापाले ३६ रन बनाए । तनहुँको बलिङमा सिके पौडेल र एलिक श्रेष्ठले ३÷३ विकेट लिए ।

जितका लागि १ सय ४ रनको लक्ष्य पछ्याएको तनहुँका व्याट्स्म्यानहरुको फितलो प्रदर्शनमा उसले ६६ रन मात्रै जोड्न सक्यो । तनहुँको तर्फबाट सचिन अधिकारीले १० रन जोडे । कास्कीका बलरहरु नितेश गिरीले ५ तथा अमृत गुरुङ्ग र विश्वास पराजुलीले २÷२ विकेट लिए । प्रतियोतिगामा ५ विकेट लिएका कास्कीका नितेश गिरी म्यान अफ द म्याच भए । उनलाई आयोजक संघका कोषाध्यक्ष विरेन पुनले पुरस्कृत गरेका थिए । सो अवसरमा पुनले यस्ता प्रतियोगिताले खेलाडीविच भाइचारा सम्बन्धको विकास साथै खेल कौशलमा निखारता ल्याउने जनाए । प्रतियोगिताको दोश्रो खेल शनिबार हुनेछ ।

Leave a Reply