सुनासको १७ औं साधरणसभा सम्पन्न

0
180

पोखरा । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल आवद्द संस्था सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीको १७ औ वार्षिक साधारणसभा शुक्रवार पोखरामा सम्पन्न भएको छ ।

साधरणसभाले सचिव विष्णुप्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९/०८० वार्षिक कार्यक्रम तथा आर्थिक प्रतिबेदन पारित गरेको छ ।

साधरणसभामा शुभकामना मन्तव्य राख्दै संस्थापक अध्यक्ष सुरेन्द्र थापामगरले सुशासन तथा सदाचार प्रवर्धनका क्षेत्रमा संस्थाले महत्वपूर्ण कार्य गरेको वताउनुभयो । उहाँले संस्था अझै प्रभावशाली भएर जनसरोकारका विषयमा वकालत गर्नुपर्ने सुझाव राख्नुभयो ।

पुर्व अध्यक्ष पुन्य पौडेलले देशमा भ्रष्टाचार वढेको कारण संस्थाको महत्व थप वढेको वताउनुभयो । संस्थाका कार्यक्रम अझै वढाउनुपर्नेमा पौडेलको जोड़ थियो ।

सुनासका अध्यक्ष रवीन्द्रनाथ वास्तेलाले सुनास अझै परिस्कृत भएर भ्रष्टाचार विरूद्धको अभियानमा उभिने प्रतिवद्दता राख्नुभयो । राजनीतिक र प्रशासनिक क्षेत्रमा सुशासन काम राख्न नागरिकको थप खवरदारी आवश्यक रहेको कारण संस्था त्यसतर्फ लाग्ने अध्यक्ष वास्तोलाको भनाई छ ।

कार्यक्रममा युवा स्वरोज़गार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले सुशासन र सदाचार सम्वन्धी चेतनामूलक कार्यक्रम विस्तार गर्नुपर्ने सुझाव राख्नुभयो ।

संस्थाका उपाध्यक्ष सिरोजविजय कोईरालाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा कार्यकारी अधिकृत भानु पराजुलीले संस्था मार्फत भएका कार्यक्रमको उपलव्धीको वारेमा सदस्यहरुलाई जानकारी गराउनुभएको थियो । सभामा साधरण सदस्यहरुले संस्था अझै सशक्त भएर जनसरोकारका विषयमा नागरिक पैरवी गर्नुपर्नै सुझाव राखेका थिए ।

२०६५ सालमा कास्कीमा स्थापना भएको संस्था सुनासले गन्डकी प्रदेशमा भ्रष्टचार बिरुद्ध बिभिन्न सचेतना र दवावमुलक कार्यक्रम गर्दै आएको छ । कार्यक्रम सुनासका पुर्वअध्यक्ष सुन्दर गुरूङ सहित ३५ जना साधरण सदस्यको सहभागी रहेको थियो ।