६४ टोपखाना मैदाने रेजिमेण्टका भूपू मेजर जर्नेल र कर्नेलको समूह पोखरामा

0
61

पोखरा । भारतमा रहेका ६४ टोपखाना मैदाने रेजिमेण्टका भूपू मेजर जर्नेल र कर्नेलको समूह पोखरा आएको छ ।
रेजिमेण्टका मेजर जर्नेल अरुण कुमार गुुप्ताको नेतृत्वमा आठ जनाको समूह पोखरा आएको हो ।
समूहलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बाजगाजासहित स्वागत गरिएको छ ।
कास्की, तनहुँ, लमजुङ्ग, बाग्लुङ्ग स्याङ्जा, पर्वतमा रहेका पल्टनका भूपू सैनिकहरुसँग भेटघाटका लागि समूह पोखरा आएकोे नायक अशोक अधिकारीले जानकारी दिनुभयो ।
भेटघाटमा क्रममा सो समूहले भूपू सैनिकका गतिविधि, पारिवारिक समस्या र आवश्यकताका बारेमा जानकारी लिने नायक शिव बहादुर के.सीले जानकारी दिनुभयो । समूहले एक सय बढी भूपूहरुसँग भेटघाट गर्ने छ ।
समूहले पोखरा फेवाताल, शान्ति स्तुपा, पुम्दीकोटस्थित शिव मन्दिर, काँहुडाडाँ धरहरा लगायतका क्षेत्रमा अवलोकन गर्ने कार्यक्रम छ ।