आन्तरिक राजस्व कार्यालय पोखराले उत्कृष्ट करदातालाई सम्मान तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने

२ मंसिर २०८०, शनिबार

 

 

पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराको कर सप्ताह  कार्यक्रम शुक्रबारदेखि  पोखरामा  सुरु भएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंसिर ७ गते उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने   आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले जानकारी दिए ।

 

कर सप्ताहमा  करदाता शिक्षा, कर सम्बन्धी जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा भएका कर छुट तथा संशोधित कर कानुनको बारेमा करदातालाई सुसूचित गर्ने कार्यक्रम राखिएका छन्।  ।

कर प्रशासन र करदाताबिचको सम्बन्धलाई थप सुदृढ बनाउन कार्यक्रम राखिएको प्रमुख कर अधिकृत शर्माले बताए।

 

Leave a Reply