एकल महिलाका लागि नेतृत्व विकास कार्यक्रम पाेखरामा सुरु

७ मंसिर २०८०, बिहीबार

 

 

पाेखरा।सामाजिक विकास कार्यलय कास्कीको आयोजनामा एकल महिलाहरुकाे लागि नेतृत्व विकास कार्यक्रम बिहिवार देखि पाेखरामा सुरु भएको छ।कार्यक्रमकाे उद्घाटन गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेशका सचिव बद्रिनाथ अधिकारीले एकल महिलाले समाजको नेतृत्व गर्दै  अघि बढ्नुपर्नेमा जाेड दिनुभयो ।

अझै पनि एकल महिलालाई घर परिवार र समाजले  हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको प्रति दुख व्यक्त गर्दै उहाँले समाजमा हुने हरेक गतिविधिमा एकल महिलाकाे अर्थपूर्ण सहभागीता हुनुपर्नेमा जाेड दिनुभयो ।

 

एकल महिलाको हक अधिकार प्रवर्द्धनका लागि गण्डकी प्रदेश सरकारले काम गरिरहेकाे उहाँको भनाइ थियाे।

सामाजिक बिकास कार्यलय कास्कीका प्रमुख ईन्द्र बहादुर थापाले कास्कीका एकल महिलालाई संगठित गर्ने,हक अधिकारका विषयमा जानकारी गराउने र समाजमा नेतृत्व लिने क्षमता अभिबृद्दि गर्ने उदेश्यले तालिम आयोजना गरिएको बताउनुभयो ।

 

मानव अधिकारका लागि महिला एकल महिला समूह कास्कीका अध्यक्ष जुना केसीले एकल  महिलाका लागि  समूह  गठन तथा विस्तार ,शसक्तिकरण,सिपमुलक तालिम ,पैरवी तथा वकालतका कार्यक्रम गर्दै आएकाे जानकारी दिनुभयो ।

 

तालिमलाई मानव अधिकारका लागि महिला एकल महिला समूह कास्कीका अध्यक्ष जुना केसी ,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिवक्ता सरिता तिम्सिना पगेनी,अधिवक्ता गिता लामिछाने र अधिकारकर्मी दुर्गा न्याैपानेले सहजिकरण गर्ने सामाजिक बिकास कार्यलय कास्कीका प्रमुख ईन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।

 

 

कार्यक्रमकाे संचालन सामाजिक बिकास कार्यलय कास्कीका अधिकृत ज्ञानेश्वर सुवेदीले गर्नुभएको थियाे भने स्वागत मन्तव्य कर्मचारी राजेश थापाले गर्नुभएको थियाे।

मानव अधिकारका लागि महिला एकल महिला समूह कास्कको समन्वयमा २ दिन सम्म संचालन हुने तालिममा कास्कीका २५ जना एकल महिलाको सहभागीता रहेको छ।

 

Leave a Reply