एकल महिलाकाे लागि नेतृत्व विकास कार्यक्रम सम्पन्न

८ मंसिर २०८०, शुक्रबार

 

पाेखरा।सामाजिक विकास कार्यलय कास्कीको आयोजनामा पाेखरामा २ दिन सम्म संचालन भएको   एकल महिलाहरुकाे लागि नेतृत्व विकास कार्यक्रम  आज  सम्पन्न भएको छ।

तालिम समापन कार्यक्रममा बाेल्दै गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले पितृसत्तात्मक साेचका कारण अझै पनि समाज लैङ्गीक समतामूलक बन्न नसकेको वताउनुभयाे।

राज्यले व्यवस्था गरेका हक अधिकार प्राप्तिका लागि समेत एकल महिलाले थुप्रै चुनाैतीकाे सामना गर्नुपर्ने बाध्यता कायमै रहेको  उल्लेख गर्दै उहाँले  समाजमा रहेका कुरीति ,कुसंस्कार हटाउनका लागि सबै एकजुट भएर आवज उठाउनु पर्नेमा जाेड दिनुभयाे।

 

परिस्थिति र नियतिले एकल हुन पुगेका महिलाको लागि अवसर र चुनाैती दुवै रहेको भन्दै उहाँले आफ्नो क्षमता र दक्षताकाे अभिबृद्दि गर्दै   एकल महिलाले समाजको नेतृत्व गर्नुपर्नेमा जाेड दिनुभयो ।

जनप्रतिनिधिले जनताको लागि जति सेवा दिनुपर्ने थियाे त्यति दिन नसकेको स्विकार्दै उहाँले  एकल महिलाको हक अधिकार प्रवर्द्धनका लागि गण्डकी प्रदेश सरकारले काम गरिरहेकाे बताउनुभयो ।

कार्यक्रममा बाेल्दै शिक्षा विकास निर्देशननालय गण्डकीका उप -महानिर्देशक घनश्याम पाैडेलले राज्यले तालिम र प्रशिक्षण कार्यक्रममा धेरै लगानी गरेको उल्लेख गर्दै तालिम पश्चात् कार्यन्वयनकाे पाटाेका विषयमा समेत ध्यान दिनुपर्ने वताउनु भयाे। उहाँले तालिम प्रदायक संस्थाले अनुगमन समेत गर्नुपर्नेमा जाेड दिनुभयो ।

सामाजिक बिकास कार्यलय कास्कीका प्रमुख ईन्द्र बहादुर थापाले कास्कीका एकल महिलालाई संगठित गर्ने,हक अधिकारका विषयमा जानकारी गराउने र समाजमा नेतृत्व लिने क्षमता अभिबृद्दि गर्ने उदेश्यले तालिम आयोजना गरिएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिवक्ता सरिता तिम्सिना पगेनीले  अझै पनि एकल महिलालाई घर परिवार र समाजले  हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको प्रति दुख व्यक्त गर्दै समाजमा हुने हरेक गतिविधिमा एकल महिलाकाे अर्थपूर्ण सहभागीता हुनुपर्नेमा जाेड दिनुभयो ।उहाँले  तालिममा सिकेका कुरा व्यवाहारमा उतार्न आग्रह गर्नुभयो ।

अधिबक्ता गीता लामिछानेले महिला हिंसा न्युनिकरणका लागि आर्थिक शसक्तिकरण जरुरी रहेकाे बताउनुभयो ।

सहभागीकाे तर्फबाट बाेल्दै गाेमा पराजुलीले तालिम प्रभावकारी भएको बताउनुभयो ।

तालिमलाई मानव अधिकारका लागि महिला एकल महिला समूह कास्कीका अध्यक्ष जुना केसी ,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिवक्ता सरिता तिम्सिना पगेनी,अधिवक्ता गिता लामिछाने र अधिकारकर्मी दुर्गा न्याैपानेले सहजिकरण गर्नुभएको थियाे ।

सामाजिक बिकास कार्यलय कास्कीका प्रमुख ईन्द्र बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमकाे संचालन सामाजिक बिकास कार्यलय कास्कीका अधिकृत ज्ञानेश्वर सुवेदीले गर्नुभएको थियाे।

मानव अधिकारका लागि महिला एकल महिला समूह कास्कीको  समन्वयमा  संचालन भएको  तालिममा कास्कीका २५ जना एकल महिलाको सहभागीता रहेको थियाे ।

 

 

 

 

Leave a Reply