सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा
सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा सम्पन्न भएको छ । २०६३ मा स्थापना भएको सहकारी ऐन नियम अनुसार समुदाय विकास कार्यक्रमका लागिा रेडियो सराङ्गकोट, सङ्गै सदस्यको आर्थिक विकासको लागि बचत तथा ऋण कारोबार गर्दै आएको छ ।
साधारण सभाको शुभारम्भ गर्दै राष्ट्रिय सहकारी बैंकका क्षत्रीय प्रमुख नरेश पाण्डेले संस्थालाई दिर्घकालिन रुपमा अगाडी बढाउन , जगेडाकोष बृद्दि सङ्गै सदस्यहरुले मेरो सहकारी भन्ने भावनाको विकास गराउनुपर्ने बताए ।
समाजको विकासमा सहकारीको भुमिका महत्वपूर्ण रहेकोले सबै सहकारी एउटै टोकरीमा राखेर नहेरी राम्रोलाई राम्रो हो भन्न सक्ने सहकारी बन्नुपर्ने बताए ।
वार्षिक साधारणले अध्यक्ष कृष्ण थापा, सचिव कुल प्रसाद सुवेदी, कोषध्यक्ष राममणी पौडेल, कर्जा संयोजक रमेश कुमार थापा, लेखा संयोजक शिव बहादुर बानियाँ, असुली संयोजक माया कुमारी शर्मा व्यवस्थापक सुरेन्द्र थापाले प्रस्तुत गरेका प्रतिवेदनहरुलाई पारित गरेको छ । संस्थाको हाल शेयर पुँजी ७ करोड पन्ध्र लाख बचत ४५ करोड, ७४ लाख , कर्जा लगानी ५३ करोड ६२ लाख रहेकोमा यस वर्ष सम्पूर्ण तर्फ १० कारोड बृद्दि गर्ने योजना रहेको अध्यक्ष कृष्ण थापाले बताए ।
Leave a Reply
You must be logged in to post a comment.