संगम सहकारीका सेयर सदस्यहरुलाई अवलोकन भ्रमण

२५ मंसिर २०८०, सोमबार
 पोखरा ।  पोखरा १५ राम बजारमा केन्द्रीय कार्यालय रहेको संगम बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरुलाई सहकारीको अवलोकनका साथसाथै मनोरञ्जन दिने उदेश्यले स्याङ्जाको मिर्मी , गुल्मीको रुरु क्षेत्र , पाल्पाको तानसेन हुँदै भगवान बुद्धको जन्मस्थल लुम्बिनी सम्मको भ्रमण सम्पन्न गरेको छ । उपाध्यक्ष बुद्धिमान थापाको नेतृत्व र शिक्षा उपसमिति संयोजक तिलक थापाको संयोजकत्वमा भएको उक्त भ्रमण कार्यक्रमकै सिलसिलामा भैरहवामा रहेको जन उत्थान बचत तथा ऋण सहकारी संस्थाको अवलोकन समेत गरेको थियो ।
सोही अवसरमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले एशियाली मापदण्ड एक्सेस सिल्वर ब्रान्ड प्राप्त सहकारीको अवलोकन गर्न पाउँदा खुसी लागेको र यहाँबाट प्राप्त ज्ञानले संगम सहकारीको श्रीवृद्धिमा समेत मद्धत पुग्ने बताए । संस्थागत प्रस्तुति दिदै जन उत्थानका ब्यवस्थापक रण बहादुर थापाले नियमित मासिक बचत सहकारीको मेरुदण्ड भएको बताए । साथै उनले सहकारी असल बन्नुमा संचालक समिति र उच्च पदस्थ कर्मचारीको महत्त्वपूर्ण भुमिका हुने बताए । लुम्बिनी ,रुरु क्षेत्र , भैरव स्थान जस्ता धार्मिक महत्त्व बोकेका तिर्थस्थलहरुको दर्शन गर्न पाएकोमा जेष्ठ सदस्य इस्वरी प्रसाद सुबेदीले खुसी व्यक्त गरे ।
भ्रमणकै अवसरमा खोलिएको चिठ्ठा कार्यक्रममा पहिलो , दोस्रो र तेस्रो भएका सेयर सदस्यहरु लोक प्रसाद गुरुङ , बेत बहादुर थापा र जुना सुनारलाई जेष्ठ सदस्य सुवेदी र उपाध्यक्ष थापाले पुरस्कार बाँडेका थिए । डुङ्गा सयर र साइक्लिङमा रमाएका सहभागीहरुले खुसी व्यक्त गर्दै आगामी दिनमा समेत भ्रमणको निरन्तरताको अपेक्षा गरे । भ्रमणले आन्तरिक पर्यटन प्रवर्द्धनमा सघाउ पुगेको संयोजक थापाले बताए ।

Leave a Reply