लम्जुुङको राइनासकोटमा एगाको घरवास तथा व्यवसायिक प्रवद्र्धन

१९ पुष २०८०, बिहीबार

पोखरा । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराले लम्जुुङको राइनासकोटमा घरवास तथा व्यवसायिक प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
एगामा आवद्ध सदस्यहरू, पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मी सहितको ७१ सदस्यीय टोलीले राइनासकोट सामुदायिक घरवास((होमस्टे) मा पुुगी घरवास तथा व्यवसायिक प्रवद्र्धन गरेको एगा पोखराका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक गोकर्ण लम्सालले जानकारी दिनुुभयो ।
प्रवद्र्धनका क्रममा त्यहाँस्थित ऐतिहासिक मन्दिर, त्यहाँबाट देखिने सूूर्योदयको अवलोकनसँगै सरोकारवालाबीच अन्तरक्रिया समेत गरिएको थियो ।
अन्तरक्रियामा राइनासाकोट नागरपालिकाका प्रमुख खड्गबहादुर गुुरुङले पर्यटकीय रुपमा राइनासकोटको विकासका लागि आँफूहरू लागेको बताउँदै एगासँग पर्यटकीय साझेदारी बढाउने कुरामा नगरपालिका तयार रहेको बताउनुुभयो । पछिल्लो समयमा शहरमुखी बन्ने क्रमले ग्रामिण वस्तीहरू खाली हुँदै गएको बताउँदै उहाँले पर्यटकीय सम्भावनालाई उजागर गर्दै घरवास मार्फत ग्रामिण क्षेत्रको पर्यटकीय विकासमा जोड दिइने बताउनुुभयो ।
एगाका सल्लाहकार एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जीवि पोखरेलले पोखरा नजिकका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन जरुरी रहेको बताउँदै घरवासहरूमा गरिने आतिथ्यता तथा व्यवहारले पर्यटकको आकर्षण बढाउने उल्लेख गर्नुुभयो । राइनासको पर्यटकीय विकासका लागि अन्य पर्यटकीय पूर्वाधार विकासमा उहाँले जोड दिनुुभयो ।
एगा पोखराका अध्यक्ष इन्द्रप्रसाद भण्डारीले एगाले नेपालको पर्यटकीय चिनारी हुने किसिमका सामाग्री तयार गरी नेपालको पर्यटन प्रवद्र्धनमा विशिष्ट योगदान गरिरहेको बताउनुुभयो । राइनासकोटसँग पर्यटकीय साझोदारी विकास गर्ने कुरामा एगा पोखरा तयार रहेको उहाँले बताउनुुभयो ।
होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखराको पर्यटकीय विकासका लागि आसपासका पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धन आवश्यक भएको बताउनुुभयो ।
एगा पोखराका अध्यक्ष भण्डारीको सभापतित्व एवम् सचिव गीता ढकाल पौडेलले सञ्चालन गर्नुुभएको कार्यक्रममा एगा पोखराका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक गोकर्ण लम्साल, पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक एवम् न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य माधव पनेरु, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुुना वर्षा शर्मा, पर्यटन विश्लेषक एवम् पत्रकार दीपेन्द्र पहारी लगायतले पर्यटनलाई उत्पादनसँग जोड्ने गरी होमस्टेको प्रवद्र्धन र विकास आवश्यक भएको बताउनुुभयो । कार्यक्रममा एगा पोखराका संस्थापक अध्यक्ष बेदप्रसाद पाण्डे, पूर्व अध्यक्ष एवम् सल्लाहकारद्वय जीवनाथ गौतम र कृष्णकुमार श्रेष्ठ, विभिन्न पर्यटन सम्बद्ध संस्थाका अध्यक्ष लगायतको उपस्थिति थियो ।

 

Leave a Reply