गण्डकीका पर्यटकीय स्थलको ब्रान्डिङ ,बजारीकरण तथा सञ्चार रणनीति  निर्माण तथा कार्यान्वयनका विषयमा  पालिकास्तरीय छलफल  

१३ माघ २०८०, शनिबार

 

 

पोखरा  ।  नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहलगानीमा संचालित जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय- गण्डकी प्रदेशको समन्वयमा गण्डकी प्रदेशको राजधानी पोखरामा “स्थानीय सरकारको पर्यटन प्रवद्र्धन रणनीति र कार्ययोजना तर्जुमा कार्यशाला ” शुरु भएको छ । गण्डकी प्रदेशका २४ वटा स्थानीय सरकार (नगरपालिका/गाउँपालिका) अन्तर्गत जनप्रतिनिधि तथा पर्यटन शाखा /योजना शाखासंग सम्बन्धित कर्मचारीहरुको क्षमता बृद्धि गराई स्थानीय सरकारको पर्यटन रणनीति र कार्ययोजना तर्जुमा गर्न सहयोग पुराउने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा पर्यटनको विकास , पर्यटन रणनीति , पर्यटन नीति , पर्यटन कार्ययोजना तथा पर्यटकिय गन्तव्यहरूको ब्रान्डिङ रणनीतिहरु, पर्यटन प्रवर्द्धनका लागि आमसञ्चार माध्यमहरुसंगको सहकार्य लगायतका विषयवस्तुमा छलफल गरिनुका साथै पर्यटनको प्रडक्ट निर्माण तथा बजारीकरणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि, उनीहरूलाई आवश्यक पर्ने ज्ञान र सीपहरू विकास गर्न तथा स्थानीयतहमा प्रभावकारी पर्यटन रणनीति र कार्ययोजना निर्माण तथा कार्यान्वयनका विषयमा छलफल हुनेछ । कार्यशालामा गण्डकी प्रदेश अन्तरगत रहेका पोखरा महानगरपालिका, पुतलीबजार नगरपालिका, शुक्लागण्डकी नगरपालिका ,देवचुली नगरपालिका र भिरकोट नगरपालिका तथा मनाङ्ग नोस्याङ, माछापुच्छे्र , अन्नपूणर्, अर्जुनचौपारी, फेदिखोला, बन्दिपुर, बेसिशहर, बारपाक सुलिकोट, गेखर दामोदरकुण्ड, काठेखोला, घरपजोङ्ग, महाशिला, रिसिङ्ग, मोदी, क्होलासोथार र दार्चे लगायतका गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता रहेको छ । कार्यशालामा नेपाल सरकारका पूर्व सहसचिव तथा सहजकर्ता रमेश कुमार अधिकारीले पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमाका विषयमा प्रस्तुतिकरण गर्दै पर्यटनका लागि हरेक पालिकाको स्पष्ट नीति र कार्यनीती आवश्यक भएकाले सोही अनुरुप यो कार्यशाला आयोजना गरिएको जानकारी दिनुभयो ।

 

कार्शशालामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव सरोज कुमार पोखरेलले पर्यटन विकासका लागि मन्त्रालयले गरिरहेका कार्यहरु र आगामी कार्ययोजनाका बारेमा, पर्यटन विभागका निर्देशक राकेश गुरुङ्गले विभागले चालु आवमा सञ्चालन भएका योजना र प्रदेशका विभिन्न पालिकामा गरिरहेका कार्य तथा स्थानीय निकायसंगको सहकार्यका विषयमा, नेपाल पर्यटन बोर्डका प्रबन्धक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठले परियोजनाले गरेका गतिविधिबारे प्रस्तुतिकरण दिनभएको थियो । यस्तै उद्योग पर्यटन वन तथा वातावराण मन्त्रालय गण्डकीका उपसचिव राम प्रसाद आचार्यले प्रदेश पर्यटन मन्त्रालयको पर्यटन योजना लगायतका विषयमा,नेपाल पर्यटन बोर्डका शाखा अधिकृत कविन्द्र भट्ट तथा सिताराम दाहालले बोर्डले पर्यटन प्रवद्र्धन , ब्रान्डिङका क्षेत्रमा गरिरहेका कार्यबारे र नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट तथा उप प्राध्यापक टि.पि.भुसालले पर्यटन प्रवद्र्धनधनमा आमसञ्चार माध्यमको भूमिका र सञ्चार क्षेत्रसङको सहकार्य लगायतका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यशालामा सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरुले आइतावार सोमबार आ-आफ्नो पालिकाको पर्यटन नीति, कार्ययोजना निर्माण तथा सञ्चार सहकार्यका विषयमा रणनीति तयार पार्ने तथा त्यसको कार्यान्वयनको खाका तयार पार्नेछन् । कार्यशालामा सहभागीहरुले कार्यशालाबाट आफुहरुले आ-आफ्नो पालिकामा रहेका पर्यटकीय सम्भावनाको कसरी बजारीकरण तथा प्रचारप्रसार गर्न सकिन्छ भन्ने कुराको ज्ञान प्राप्त भएको बताउँदै अब आफुहरुले पनि सोही अनुरुप पर्यटन रणनीति तयार पार्ने बताउनु प्रतिक्रिया दिनुभयो । परियोजनाले सात प्रदेश मध्ये यसअघि कोशी, मधेस, सुदुपश्चिम र कणर्ाली र लुम्बिनी प्रदेशमा कार्यशाला सम्पन्न गरिसेकेको छ भने गण्डकी यस पछि बाग्मतीमा कार्यशाला आयोजना गरिने कार्यक्रम रहेको परियोजनाले जानकारी दिएको छ ।

Leave a Reply