पोखराको बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा रजत जयन्ती समारोह , वार्षिकोत्सव , अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भयो।
विद्यालय संचालक समितिका अध्यक्ष कमलराज सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त रजत जयन्ती कार्यक्रमको प्रमुख अतिथिका रूपमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेमनारायण अर्याल रहेका थिए ।
समारोहमा प्रमुख अतिथि अर्यालले मानव जीवनमा ब्यावहारिक शिक्षाको महत्त्व दर्शाउदै सिकेका कुराहरुलाई व्यहारमा उतार्नु पर्ने धारणा व्यक्त गरे।उक्त कार्यक्रममा विशेष अतिथि शिक्षा विकास तथा समन्वय इकाई कास्कीका इकाई प्रमुख लोकनाथ आचार्यले आजको प्राविधिक युगमा गुणस्तरीय शिक्षाको आवश्यकता भएको औल्याए।
त्यसै गरी विशेष अतिथि पोखरा महानगरपालिका वार्ड न १ बगरका वडाध्यक्ष सहारा प्रधानले पोखरा आदर्श स्कुलले बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराइरहेको र पोखरा आदर्श वाटिकामा माध्यमबाट विद्यार्थीहरुको सिर्जनात्मक क्षमता उजागर गरेकोमा खुसी व्यक्त गरे।
त्यसै गरी विशेष अतिथि प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले शिक्षाको क्षेत्रमा सस्थागत विद्यालयको भूमिका महत्त्वपूर्ण रहेको बताउदै पोखरा आदर्श स्कुल पनि त्यसको एक अंश रहेको बताए ।
रजत जयन्ती समारोहमा विद्यालयका प्राचार्य फणिन्द्र प्रसाद अधिकारीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै भावी योजनाहरु प्रस्तुत गरेका थिए ।अभिभावकहरुको तर्फबाट बिष्णु प्रसाद आचार्यले विद्यालयले गरेका राम्रा कामहरुप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा अभिभावकहरुको साथ र सहयोग सधैं रहने बताए ।
समारोहमा विद्यार्थीहरुलाई एस.ई.ई परीक्षा २०७९ मा जि.पि. ए ४ सहित सत प्रतिशत समुत्तीर्ण गराउन सफल शिक्षकहरु क्रमशः सह प्राचार्य ज्ञानेश्वर सुवेदी , अतिरिक्त क्रियाकलाप प्रमुख तिलक बराल , लेखा विषय शिक्षक कृष्ण आचार्यलाई दोसल्ला , सम्मान पत्र सहितसम्मान गरिएको थियो भने दीर्घ सेवा सम्मानबाट शैक्षिक प्रशासक सेतु प्रसाद भट्टराई र राधा कार्की, उत्कृष्ट शिक्षकका रूपमा बिज्ञान शिक्षक राजेश गौतम र उत्कृष्ट कर्मचारीका रूपमा कृष्ण बास्तोला सम्पूर्णलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको थियो।
त्यसै गरी बिशेष प्रतिभा सम्मानबाट संस्कृति सुवेदी,अनुशासनतर्फ निश्मा पाइजा, सरसफाइतर्फ प्रनिल छेत्री , उत्कृष्ट विद्यार्थी सम्मानबाट आयुषा कार्कीलाई पुरस्कृत गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरुको लेख रचनाको सगालो पोखरा आदर्श वाटिकालाई प्रमुख अतिथि प्रा.डा. प्रेमनारायण अर्यालज्युको हातबाट लोकार्पण गरिएको थियो।
समारोहमाबिजेता विद्यार्थीहरुलाई वार्षिक खेलकुद पुरस्कार र २०७९ सालको शैक्षिक पुरस्कार वितरण गरिएको थियो।कार्यक्रममा कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थीहरुले गीत, नृत्य , नाटक प्रस्तुत गरी थप मनोरञ्जन दिलाएका थिए ।
कक्षा १० कि छात्रा रश्मि अधिकारीले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रमको संचालन विद्यार्थीहरु क्रमशः बिसिका घिमिरे , बिदुर सुवेदी, सारा तामाङ , सोफिया गुरुङ , सदिक्षा पौडेल र संस्कृति सुवेदी रहेका थिए भने औपचारिक कार्यक्रमको संचालन विद्यालयका सह प्राचार्य ज्ञानेश्वर सुवेदी , शैक्षिक प्रशासक सेतु प्रसाद भट्टराई र नेपाली भाषा शिक्षक साबित्री कार्कीले गरेका थिए ।