हीरक महोत्सव मनाइरहेको पोखराको राष्ट्रिय माविले २२ र २३ फागुनमा निःशुल्क स्वास्थ्य शिविर गर्ने

१८ फाल्गुन २०८०, शुक्रबार

पोखरा । स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा आफनो हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।
विद्यालयका पुर्व विद्यार्थी समेत रहेका हिरक महोत्सव स्वास्थ्य शिविर कार्यक्रम उपसमितिका संयोजक वरिष्ठ फिजिसियन डा वसन्त ताम्राकार र अर्का पुर्व विद्यार्थी वालरोग विशेषज्ञ डा विनोद तुलाचनको अगुवाईमा आउदो मंगलबार र बधबार अर्थात २२ र २३ फागुनमा विद्यालय परिसरमा शिविर संचालन हुने भएको हो ।
संयोजक ताम्राकारका अनुसार विशेष गरि शिविरमा साना वालवालिकाहरुको मुटुको परिक्षण गरि जन्मजात कुनै समस्या छ छैन् त्यसको परिक्षण गरिने छ भने कक्षा ११ र १२ का विद्यार्थीहरुको व्लड ग्रुप छुट्याउने काम हुनेछ । पहिलो चरणमा विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य शिविर गरिने र पछि अर्को शिविर आयोजना गर्ने उनले जानकारी दिए । विद्यार्थीको लागि मात्र दुई देखि तीन दिन लाग्ने र पछि अर्को दिन पुन अर्को शिविर गर्ने भनाई उनको छ । शिविरमा आवश्यकता अनुसार औषधीहरु समेत वितरण गरिने भएको ।
२० मंसिर ०८० मा आफनो स्थापनाको ७४ औ वर्ष पुरा गरि ७५ औ वर्षमा प्रवेश गरेको विद्यालयले हीरक महोत्सव २० मंसिर ०८० देखि २० मंसिर ०८१ सम्म एक वर्ष विविध कार्यक्रम गरि मनाईरहेको छ । यस अघि गत २० मंसिरमा प्रभातफेरी सगै हीरक महोत्वको शुभारम्भ गरिएको थियो । हिरक महोत्सव अन्र्तगत यस अघि २७ माघमा विद्यालयले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा ७५ युनिट रगत संकलन भएको थियो ।
हिरक महोत्सव अन्र्तगत आउदो ८ बैशाख ०८१ मा विद्यालयमा अध्य्यन गरेका पुर्व विद्यार्थी, पुर्व शिक्षक÷कर्मचारी, पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एंव सदस्यहरु बिच परिचय सगै अनुभव आदान प्रदानको गर्ने उदेश्यले पुनमिलन समारोह आयोजना हुने भएको छ ।

Leave a Reply