नारी दिवसको अवसरमा सुत्केरी भेटघाट  तथा पौष्टिक आहार वितरण कार्यक्रम 

२३ फाल्गुन २०८०, बुधबार
 पोखरा । अन्तराष्ट्रिय नारी दिवस मार्च ८ को अवसर मा बिभिन्न कार्यक्रमहरु आयोजना गरेको नेपाल प्रहरी श्रीमती संघ, गण्डकी प्रदेशले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पतालमा ) रहेका सुत्केरी आमाहरुसंग भेटघाट तथा पौष्टिक आहार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
हरेक वर्ष विश्वव्यापी रुपमा मानाईने नारी दिवशलाई नारा र रेलीमा मात्र सिमित नबनाई माहिलाहरुको सुरक्षाका लागि पृथक तवरका कार्यक्रहरु सञ्चालन गरी मनाउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरीएको थियो ।
कार्यक्रममा सुत्केरी अवस्थामा रहेका ६७ जना महिलाहरुलाई नेपाल प्रहरी श्रीमती संघ, गण्डकी प्रदेशको तर्फबाट पौष्टिक आहार बितरण गरीएको थियो भने संघका पदाधिकारीहरुबाट सुत्केरी आमाहरुसंग स्वास्थ्य सुरक्षाका विषयमा अन्तरक्रिया समेत गर्नुभएको थियो ।
संघले नारी दिवसकै अवसरमा यहि फागुन २४ गते गर्भवती महिला प्रहरी तथा प्रहरीका गर्भवती श्रीमतीहरुलाई दही चिउरा खुवाउने कार्यक्रम र २५ गते लमजुङ जिल्लाको पवित्र धार्मिक स्थल ‘करापुटारको’ महाशिवरात्री मेलामा नि:शुल्क स्वास्थ्य शिविर तथा पानी वितरण कार्यक्रम समेत आयोजना गरेको छ ।

Leave a Reply