रुपाताल किनारमा सिष्ठेनी मेला

३ चैत्र २०८०, शनिबार
कविराज खनाल
लेखनाथ । कास्कीको तेस्रो ठुलो रुपाताल किनारमा २०८१ सालको वैशाख २ गतेदेखि ५ गतेसम्म सिष्ठेनी मेला लाग्ने भएको छ ।
करिब ६ सय वर्ष अघिदेखी सुरु भएको सिष्ठेनी मेलालाई समयानुकुल परिस्कृत गर्दै स्थानिय रुपा युवा क्लब र अन्य सामाजिक संघ सस्थाको सहकार्यमा पोखरा ३२ को रुपाताल छेउमा छैटौं रुपा सिष्ठेनी मेला गर्न लागिएको क्लबका अध्यक्ष नमराज खड्काले जानकारी दिएका छन् ।
छेलो हान्ने प्रतियोगिताका रुपले ख्याती कमाएको मेलामा साहित्य कला, संस्कृति,धर्मको जागरण गर्ने, रुपाताल वरीपरीको क्षेत्रमा विकासका लागि पहल गर्ने, आन्तरिक तथा बाहय पर्यटन प्रवद्धर्न गर्ने लगायतका उद्देश्यले मेलाको आयोजना गर्न लागिएको क्लबका संस्थापक अध्यक्ष तथा मेलाका निर्देशक धिरजकुमार श्रेष्ठले जानकारी दिएका हुन् ।
परापुर्वक काल देखि नै चैतेदशै, रामनवमीका अवसरमा लाग्ने सिस्ठेनी मेलाले “प्राकृतिक सौन्दर्य र मनोरम दृष्य,माथी कोट भौरव तल रुपाताल हाम्रो भविष्य ” भन्ने मुल नाराका साथ यस क्षेत्रको चिनारी, आर्थीक,सामाजिक,सांस्कृतिक,एवंम पर्यटकीय क्षेत्रको विकास,संरक्षण र संवद्र्धनमा सहयोग पुग्ने गरि मेल गर्न लागिएको हो ।
मेलामा खुल्ला भलिबल प्रतियोगिता, महिला पुरुष रस्साकसी प्रतियोगिता छेलो प्रतियोगिता हुने खड्काले जानकारी दिए । भलिबल प्रतियोगितामा प्रथम हुनेले ६५ हजार ५ सय ६५ रुपैयाँ, दोस्रो हुनेले ३५ हजार ५ सय ३५ रुपैयाँ पुरस्कार स्वरुप पाउँने छन् । प्रतियोगितमा करिब २० टिम सहभागी हुने अनुमान गरिएको छ ।यस्तै महिला ÷पुुरुष रस्साकसी प्रतियोगितामा पहिलो हुनेले र छेलो प्रतियोगितामा पहिलो हुनेले ५ ÷५ हजार रुपैयाँ पाउने छन् ।
मेलामा प्रायोजक तथा सहयोगबाट करिव २० लाख आम्दानी हुने र खर्च कटाएर करिब १ लाख बचत हुने अनुमान गरिएको छ । मेला सम्पन्न गर्नको लागी विभिन्न १६ वटा उप समितिहरु गठन गरि तयारीलाई अगाडी वढाईएको बताईएको छ । विशेष गरि चार दिनसम्म चल्ने मेलामा करिव ५० हजार दर्शक भित्राउने लक्ष्य राखिएको छ ।
मेलाका बारेमा जानकारी दिने उदेस्यले राखिएको कार्यक्रममा क्लवका सल्लाहकार बकुण्ठराज अधिकारीले सिस्ठेनी मेलाको ईतिहासिक पक्षका बारेमा जानकारी गराएका थिए भने सल्लाहाकार ज्ञानेन्द्रराज सुवेदी,नरवहादुर गुरुङ,सितादेवी अधिकारी, सदस्य ढक बहादुर थापा लगाएतले परापुर्वक कालदेखि चल्दै आएको सिस्ठेनी मेलालाई निरन्तरता दिदै यसको ईतिहासिय पक्षका बारेमा सवैजनालाई जानकारी गराउदै यस क्षेत्रको प्रचार प्रसारको आवस्यकता औल्याएका थिए ।
क्लवका अध्यक्ष नवराज खड्काको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सह सचिव प्रविन अधिकारीले गरेका थिए भने धन्यवाद ज्ञापन मेला आयोजक समितिका संयोजक सागर श्रेष्ठले गरेका थिए ।
यसैगरि मेलालाई सफल पार्नका लागि प्रायोजक व्यवस्थापन उपसमितिको संयोजकमा बसन्त जोशी, प्रचार प्रसार उपसमितिको संयोजकमा बिजय बस्नेत, सचिवालय संचालन तथा खेलाडी व्यवस्थापन उपसमितिको संयोजकमा सन्तोष सुनार, खानेपानी व्यवस्थापन उपसमितिको संयोजक भक्त बहादुर खड्का, सुरक्षा उपसमिति संयोजकमा सुवास मिजार रहेका छन् ।
यसैगरि मञ्च व्यवस्थापन तथा साउन्ड सिस्टम उपसमिति संयोजकमा सुवास गुरुङ, अतिथि सत्कार उपसमिति संयोजकमा साबित्री सुबेदी, पुरस्कार तथा व्यानर उपसमिति संयोजक शिशिर जोशी, प्रवेशद्धार तथा स्टेज व्यवस्थापन उपसमितिको संयोजकमा हरि सुबेदी, प्राथामिक उपचार उपसमितिमा नारायण केसी, अनुगमन उप समितिको संयोजक सर्वजित गुरुङ, खेलमैदान व्यवस्थापन उपसमिति संयोजक महेश गुरुङ, कलाकार व्यवस्थापन तथा सांस्कृतिक कार्यक्रम उपसमिति मोनिका श्रेष्ठ, फोटो तथा भिडियो व्यवस्थापन उपसमिति संयोजक अमृत अधिकारी, सल्लाहाकार उपसमिति संयोजक हरी प्रसाद पगेनी र पार्किङ व्यवस्थापन उपसमिति संयोजकमा मिलन केसी रहेका छन् ।

Leave a Reply