भिरमा अड्केको शवको सशस्त्र प्रहरीद्धारा उद्धार

८ चैत्र २०८०, बिहीबार

 

 

कास्की ।   कास्कीको माछापुच्छ्रे गाउँपालिका –१ जिमिरबारीमा भीरमा अड्केको शव सशस्त्र प्रहरीले उद्धार गरेको छ ।सशस्त्र प्रहरी बल, नेपाल नं २४ गण हे.क्वा. कालिकाबाट खटि गएको विशेष विपद् उद्धार टोलीले शव उद्धार गरेको प्रहरीले जनाएको छ ।

सोही ठाउँमा निर्माणाधीन करुवा सेती हाईड्रोपावरमा काम गर्ने गोरखा शहीद लखन गाउँपालिका वडा नं २ बस्ने यामबहादुर थापाको भीरबाट खसेर मृत्यु भएको थियो । काम गर्ने क्रममा अचानक अन्दाजी तीन सय मिटर माथि भिरबाट खसेर मृत्यु भएका थापाको शव भिरमा अड्केको  अवस्थामा रहेको बताइन्छ ।

प्रहरीले भीरबाट शव उद्धार गरी पोष्टमार्टमका लागी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा पठाएको थियो ।

 

Leave a Reply