एमाले कास्कीको अध्यक्षमा बैन बहादुर क्षेत्री विजयी

१४ चैत्र २०८०, बुधबार

पोखरा ।नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट  अध्यक्षमा बैन बहादुर क्षेत्री विजयी भएका छन् । उनले निकटम् प्रतिस्पर्धी माधव बास्तोलालाई  २०४ मतको फराकिलो अन्तरका साथ पराजित गर्दै जित हात पारेका हुन्   ।क्षेत्री ५५१ मत ल्याएर विजयी भए । क्षेत्री एमाले नेता खगराज अधिकारी समूहका उमेदवार हुन् ।

अर्का नेता तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट उमेदवार माधव बास्तोलाले ३४७ मत ल्याए ।  अध्यक्षका अर्का  प्रतिस्पर्धी विवेक त्रिपाठीले १७ मत ल्याए ।

Leave a Reply