पोखरा ।नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा बैन बहादुर क्षेत्री विजयी भएका छन् । उनले निकटम् प्रतिस्पर्धी माधव बास्तोलालाई २०४ मतको फराकिलो अन्तरका साथ पराजित गर्दै जित हात पारेका हुन् ।क्षेत्री ५५१ मत ल्याएर विजयी भए । क्षेत्री एमाले नेता खगराज अधिकारी समूहका उमेदवार हुन् ।
अर्का नेता तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट उमेदवार माधव बास्तोलाले ३४७ मत ल्याए । अध्यक्षका अर्का प्रतिस्पर्धी विवेक त्रिपाठीले १७ मत ल्याए ।