कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ भदौरेमा  जीप दुर्घटना

१८ चैत्र २०८०, आईतवार

पोखरा ।    कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ भदौरेमा  जीप दुर्घटना भएको छ ।

पोखराबाट भदौरेतर्फ जाँदै गरेको ग१ज ५५४७ नम्बरको जीप आज दिउँसो ३ः३० बजे  दुर्घटनामा परेको परेको जिल्ला प्रहरी कार्यालय कास्कीका निरीक्षक सूर्य रानाले जानकारी दिए ।

 

दुर्घटनाका  घाइतेको उद्धार गरी उपचारका लागि पोखरा ल्याइँदै गरेको इन्स्पेक्टर रानाले बताए ।

पोखराको हरिचोकबाट भदौरेका लागि गएको जीप गन्तव्यस्थल नजिकै थामडाँडा भन्ने स्थानमा सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो ।

घटनास्थलमा प्रहरी पुगिसकेको र सशस्त्र प्रहरी टोली पनि घटनास्थलतर्फ लागेको उनले बताए ।

 

 

Leave a Reply