सवारी साधनको स्वरुप परिवर्तन  गरी ध्वनी प्रदुषण गर्ने व्यक्तिलाई   कारवाही  हुने

२३ चैत्र २०८०, शुक्रबार

 

 

 

 

जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको सहकार्यमा शुक्रबार पोखरा महानगरपालिका वडा नं. ९ नयाँवजार स्थित मोटरसाइकल वर्कसप संचालक, रिकन्डिसन हाउस, नम्बर प्लेट बनाउने स्थान आदीका संचालक, व्यवसायी तथा मजदुरहरुसंग सवारी साधनको स्वरुप परिवर्तन (Modify) गरी ध्वनी प्रदुषण गर्ने गराउने कार्यमा संलग्न व्यक्तिहरुलाई कारवाही गर्ने सम्बन्धी सचेतनामूलक स्टिकर टाँस्ने अभियान सुभारम्भ कार्यक्रम भएको छ ।

 

कार्यक्रममा वोल्नु हुँदै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले कास्की जिल्ला पर्यटकिय राजधानी समेत घोषणा भईसकेको र रात्रीकालीन व्यवसाय २४ सै घण्टा खुल्ला रहेको अवस्थामा समाजमा शान्ति, सुरक्षा, अमनचयन कायम राख्न वर्कसप संचालकहरुको समेत महत्वपूर्ण जिम्मेवारी हुने हुँदा त्यस्तो गैरकानूनी कार्य नगर्न र अनधिकृत रुपमा स्वरुप परिवर्तन गराउन खोज्ने व्यक्तिहरुको सम्बन्धमा प्रहरीलाई खवर गरी कानून कार्यान्वयन गर्न सहयोग गर्न समेत अनुरोध गर्नुभएको थियो ।

 

उहाँले कोही कसैले गैरकानूनी रुपमा स्वरुप परिवर्तन गरे गराएमा कानूनी कारवाही समेत हुने जानकारी गराउनु भएको र सोही विषयमा व्यवसायीहरुबाट उठेका जिज्ञासाहरुको समेत सम्बोधन गर्नु भएको थियो ।

 

प्रहरी उपरीक्षक थापाले कास्की जिल्लामा कोही कसैले कानून विपरीत सवारी साधनको स्वरुप परिवर्तन (Modify) गरी ध्वनी प्रदुषण गर्ने गराउने कार्य गरेमा संलग्न व्यक्तिलाई सार्वजनिक शान्ति खलल पुर्याएको, सर्वसाधरणलाई दुख: हैरानी दिएको कसूरमा प्रचलित कानून वमोजिम मुद्दा चलाई थुनामा राखी कारवाही गरिने वताउनु भयाे।

 

 

 

जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न समयमा सवारी साधनको स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने गराउने तथा समाजमा अशान्ति फैलाउने खालका सवारी साधनहरुलाई नियन्त्रणमा लिई कारवाही गर्ने गरेको छ ।

पहिलो चरणमा ट्राफिक कारवाही र मोडिफाई गरिएको पार्टपुर्जा फेर्न लगाई सुरुकै अवस्थामा बनाई छाडिएको, त्यसैगरी दोश्रो पटकमा यातायात व्यवस्था कार्यालयमा पठाई हदैसम्मको कारवाही गर्न लगाईएको र कतिपय मोटरसाईकलहरुले अझैपनि मोडिफाई गरी हिडिरहेको भन्ने जनगुनासोका कारण आज एक कार्यक्रम गरी मोटरसाईकल वर्कसप संचालक, व्यवसायी तथा मजदुरहरुसंग सम्बन्धित व्यक्तिहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको र उक्त वर्कसप तथा पार्टपूर्जा वेच्ने पसलहरुमा सचेतना मूलक स्टिकर समेत टाँस गरिएको छ  ।

सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भिम पराजुलीज्यूको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्र.नि. भानु शर्मा, विभिन्न प्रहरी कार्यालयका प्रमुख, कास्की जिल्ला स्थित सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष एवं पदाधिकारीहरु, विभिन्न मोटरसाईकल वर्कसप संचालक तथा व्यवसायीहरु, पत्रकार लगायत अन्दाजी १५० जनाको उपस्थिती रहेको थियो ।

 

Leave a Reply